नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिममा २ साताभित्रै विद्युतको नयाँ मिटर वितरण गरिने

कैलाली कञ्चनपुरसहित पहाडी ७ जिल्लामा अबको २ साताभित्रै नयाँ विद्युत मिटर वितरण

बझाङ: कैलाली कञ्चनपुरसहित पहाडी ७ जिल्लामा अबको २ साताभित्रै नयाँ विद्युत मिटर वितरण गर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। भारतबाट हालै मात्र पुगेको मिटर एक साताभित्रै नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयमा आइपुग्ने बताइएको छ।

त्यसपछि मिटरलाई परीक्षण गरेर आवेदन दिएकाहरुलाई प्राथमिकीकरणको आधारमा मिटर वितरण गर्ने तयारी थालिएको विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दले बताए। ‘विद्युत मिटरका लागि बोलपत्र आह्वानमा एक वर्ष ढिलो भएकाले दशैभर मिटरको अभाव भएको छ, अबको २ साताभित्र यो समस्या पूर्णरुपमा समाधान हुन्छ,’, प्रादेशिक प्रमुख चन्दले बताए।  
विद्युत वितरण केन्द्र धनगढीमा ४ हजार तथा अत्तरिया विद्युत वितरण केन्द्रमा ३ हजारको संख्यामा विद्युत मिटरका लागि आवेदन परेको छ। धनगढी विद्युत वितरण केन्द्रमा मात्र हाल महिनामा ४ सय विद्युत मिटरका लागि आवेदन पर्ने गरेको छ।

सुदूरपश्चिम प्रदेशभित्र विगत तीन महिनादेखि विद्युत मिटर वितरण हुन सकेको छैन। नेपाल विद्यूत प्राधिकरण केन्द्रिय कार्यालयले ग्लोबल बोलपत्र आह्वान गरेर विद्यूत मिटर आपूर्तिका लागि प्रक्रिया अघि बढाएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै