नेभिगेशन
सुदूरपश्चिम

ओमिक्रोन भेरियन्ट सर्न नदिन सबैलाई स्वास्थ्य मापदण्ड अपनाउन जिल्ला प्रसासन कार्यालय बझाङको आग्रह

बझाङ : बझाङ जिल्लामा सार्वजनिक सवारीसाधनले सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने भएका छन् । कोरोनाको ओमिक्रोन भेरियन्ट सर्न नदिन तथा त्यसको पूर्व तयारीका लागि जिल्ला प्रशासन कार्यालय बझाङले मंगलबार एक सूचना जारी गर्दै विभिन्न स्वास्थ्य सजकता अपनाउन आग्रह गरेको हो ।

सबै यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, चालक र सहचालकले अनिवार्य मास्क, सेनिटाइजर र पञ्जा लगाउनुपर्ने प्रशासनको सूचनामा उल्लेख छ ।

त्यसैगरी होटल तथा रेष्टुरेन्ट जस्ता सार्वजनिक स्थानमा प्रवेश गर्नलाई कोभिडविरुद्धको खोप कार्ड देखाउनुपर्ने भएको छ । आदेशअनुसार होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, एयरपोर्ट, पार्क आदिमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य चाहिने छ ।

माघ ७ गतेदेखि सार्वजनिक निकायमा सेवा लिन आउदा सेवा ग्राहीहरुले खोप कार्ड अनिवार्य लियर आउनुपर्ने,  विध्यालयहरु समेत मंगलबारबाट माघ १५ गते १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । पूर्ण खोप लगाएको कार्डको फोटो भए पनि हुने प्रशासनले जनाएको छ । प्रशासनले मंगलबार यस्तो निर्णय गरेको हो ।

तेस्रो लहर सुरू हुनै लाग्दा त्यसको रोकथाम तथा नियन्त्रणका लागि आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै