नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिममा भारतबाट फर्किएका १ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

कैलाली: सुदूरपश्चिममा शनिबार थप १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै सुदूरपश्चिमका विभिन्न नाकाहुँदै भारतबाट फर्किएका थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका पाँच नाकाबाट १ हजार ७ सय ३२ जना स्वदेश फर्किएका छन् । नाकाबाट फर्किएका १ हजार ३ सय ४३ जनामा एन्टिजेन परीक्षण गरिएकोमा १ सय २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार सबैभन्दा बढी गौरीफण्टा नाकाहुँदै फर्किएकामा संक्रमण देखिएको छ । २४ घण्टामा गौरीफण्टाबाट भित्रिएका ९ सय ८० जनामध्ये ५ सय ९१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । जसमध्ये ७८ जनामा संक्रमण देखिएको हो । यस्तै गड्डाचौकी नाकाहुँदै फर्किएका ७१७ जनामा एन्टिजेन परीक्षण गर्दा ४५ जना र झुलाघाट नाकाहुँदै फर्किएका ३५ जनामा गरिएको परीक्षणमा दुई जनामा पोजिटिभ देखिएको निर्देशनालयले जनाएको छ । शुक्रबार १ सय ५८ जनामा कोरोना संक्रमण फेला परेको थियो । पछिल्लो केही दिनयता प्रदेशमा कोरोना संक्रमण बढ्दै गएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै