नेभिगेशन
सुदूरपश्चिम

कैलालीमा भएका दुर्घटनामा एकैदिन ३ जनाको मृत्यु

कैलालीमा भएका सवारी दुर्घटनामा एकैदिन तीन जनाको मृत्यु भएको छ।

बझाङः कैलालीमा भएका सवारी दुर्घटनामा एकैदिन तीन जनाको मृत्यु भएको छ। बिहीबार भएका तीन वटा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो।
बिहीबार बिहान साढे ८ बजे जिल्लाको लम्कीचुहा नगरपालिका–७ मा मोटरसाइकल अनियन्त्रीत हुँदा एकजनाको मृत्यु भएको थियो। २७ वर्षीय स्थानीय रमेस चौधरीले चलाएको से३प ६१३५ नम्बरको मोटरसाइकल अनियन्त्रीत हुँदा सडकबाट खसेको थियो। सोही मोटरसाइकलमा च्यापिएर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

बिहीबार नै धनगढी उपमहानगरपालिका–३ त्रिनगर भन्सारमा सु।प।प्र।०१–००१ख २८५६ नम्बरको ट्रक पार्किङ गर्ने क्रममा ६५ वर्षीया श्रीमाया गुरुङ गम्भीर घाइते भइन्। उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको छ।

बिहीबार राति १० बजे ट्याक्टरको ठक्करबाट थप एकजनाको मृत्यु भयो। कैलाली गोदावरी नगरपालिका वडा नम्बर ९ धनचौरीस्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको रा।१ त। ४६५३ नम्बरको ट्याक्टरले कञ्चनपुर कृष्णपुरका करन भट्टराइलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै