नेभिगेशन
सुदूरपश्चिम

बझाङमा दुईजना मृत फेला

बझाङ : बझाङमा २ जना पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा एक जना छबिसपाथीभेरा – ७ का र एक जना सुर्मा –१ का रहेका छन्। उनीहरु फरक फरक ठाउँमा मृत अवस्थामा फेला परेका हुन्।

छबिसपाथिभेरा गाउँपालिका – ७ बुड्खोरीका वर्ष ४३ का जंग धामी घर नजिकै नौपाते भन्ने ठाउँमा आज बिहान मृत फेला परेका हुन् भने, सुर्मा गाउँपालिका – १ दौलीचौरका वर्ष ४४ का किट्टु बोहरा मंगलबारदेखि घरबाट हराएका र हिजोसम्म घर नफर्केपछि खोजतलास गर्दा घरबाट केही टाढा पदाली भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङ सूचना अधिकारी तथा प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले बताए।

धामी र बोहरा दुबै जनाको चिसोले कठ्यांग्रीएर ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ। दुबै जनाको थप अनुसन्धान गर्न र पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमिखेत ल्याउन प्रहरी टोली घटनास्थल तर्फ खटाएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले बताए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै