नेभिगेशन
सुदूरपश्चिम

१६ वर्षदेखि फरार रहेका बझाङका एक कर्तव्य ज्यान मुद्धाका प्रतिवादी धनगढीबाट पक्राउ

बझाङ : कर्तव्य ज्यान मुद्धामा फरार रहेका बझाङका एक जना प्रतिवादी धनगढीबाट पक्राउ परेका छन् । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ (साविकको सुवेडा गाविस ८) ज्वाडाका २० वर्ष जेल सजाय सुनाइएका फरार प्रतिविादी प्रकाश राना धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मोतीचोकबाट पक्राउ परेका हुन् ।

३९ वर्षीय रानाले २०६२ साल असोज २३ गते जयपृथ्वी नगरपालिका ७ ज्वाडाका मिनबहादुर भण्डारीलाई धारिलो हतियार प्रयोग गरि हत्या गरेको पुष्टि हुन आएकाले जिल्ला अदालत बझाङले २० जेल सजाय सुनाएको थियो ।

उनलाई जिल्ला प्रहरी कार्यालय बझाङले जिल्ला प्रहरी कार्यालय कैलालीसँग समन्वय गरि सोमबार पक्राउ गरेको र मंगलबार जिल्ला अदालत बझाङमा दाखिला गरेको बझाङका प्रहरी प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै