नेभिगेशन
सुदूरपश्चिम

तल्कोट गाउँपालिकाले सेती नदीमा फेरि काठेपुल निर्माण गर्ने

बझाङ : तल्कोट गाउँपालिकाको आधा भूभागलाई जोड्ने सेतीनदीस्थित रातापानीमा निर्माण गरिएको काठेपुल बगेपछि पुनः निर्माण गरिने भएको छ । दशैं अगाडी ११ लाख लागतमा बनेको मोटरेबल काठेपुल कात्तिक २ गते बगेपछि पुनः निर्माण गरिन लागिएको हो । पुल निर्माणका लागि सल्ला काट्न बन समितिसँग कुरा गरिरहेको र मेसिन र इन्धन पुगेपछि पुल निर्माण गरिने तल्कोट गाउँपालिका अध्यक्ष लालबहादुर विष्टले बताउनुभयो ।

उहाँले निर्माण भएको एक हप्ता नपुग्दै सेती नदीले पुल बगेपछि ११ लाख वालुवामा पानी हालेझैं भएको बताउनुभयो । उहाँले पक्की पुल निर्माणमा ठेकेदारले लापरबाही गरेका कारण काठेपुल निर्माण गरेर गाडी गुडाउनु आफूहरुको बाध्यता रहेको बताउनुभयो । अहिले सेती नदीमा पुल नहुँदा तल्कोटको आधा भूभाग र साइपालबासी सडक सुविधाबाट बञ्चित भएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै