नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिमका ३ जिल्लामा विद्युतीय चार्जिङ स्टेसन बनाइने

काठमाडौं: देशका विभिन्न ५० स्थानमा विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन बन्ने भएको छ।

स्टेसनको आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारका लागि ठेक्का सम्झौता भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

चार्जिङ स्टेसन मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूमा राखिनेछ। जसअनुसार कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा १/१ वटा चार्जिङ स्टेसन रहने बताइएको छ। 

ती स्टेसन एक वर्षभित्र निर्माण सक्ने गरी चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता गरिएको छ। नेपाल विद्युत् प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र चीनको च्याङ्सु प्रान्तस्थित वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेडबीच चार्जिङ स्टेसन निर्माणका विषयमा ३१ चैतमा सम्झौता भएको हो। 

कम्पनीले ३७ करोड ७९ लाख ५५ हजारमा (करबाहेक) चार्जिङ स्टेशनहरू निर्माण गर्नेछ। एसियाली विकास ब्यांकले चार्जिङ स्टेशन निर्माणमा वित्तीय सहयोग गर्नेछ। 

चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०-६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरू राखिनेछन्। यसबाट ठूला बससहित तीन वटा सवारी साधनमा एक साथ चार्ज गर्न सकिनेछ। ३०० भन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर समेत राखिनेछ।

देशभरिका ५० वटै स्टेसनको नियन्त्रण भने काठमाडौँबाट हुने बताइएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै