नेभिगेशन
सुदूरपश्चिम

बझाङमा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते, सडक अवरुद्ध हुँदा धनगढी रेफर गर्न सकिएन

बझाङ : भालुको आक्रमणबाट बझाङका एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा जयपृथ्वी नगरपालिका ५ तीतानीका ७३ वर्षीय वृद्ध पदमराज जोशी रहेका छन ।

जोशीलाई असोज २९ गते बिहान ४ बजे घरबाहिर सौच गर्न गएका बेला भालुले आक्रमण गरेको हो । २९ गते बिहान ४ बजे उहाँको टाउको, अनुहार र शरिरमा आक्रमण गरि गम्भीर घाइते बनाएकोमा ३१ गते मात्रै आफन्तले थाहा पाएका थिए । डिलबगरको माथीको लेकमा रहेको खर्कमा गोठालोमा रहेका जोशी घर नफर्केपछि मात्रै आफन्तले सोधीखोजी सुरु गरि थाहा पाएका थिए ।

थाहा पाए लगत्तैे उपचारका लागी जिल्ला अस्पताल बझाङ ल्याइएका जोशीको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि आज उहाँलाई धनगढी रेफर गरिएको थियो । तर केदारस्युँ १ नारुगौडा खोलामा जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा घाइते जोशीलाई पुनः जिल्ला अस्पताल फर्काइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै