नेभिगेशन
सुदूरपश्चिम

गड्डाचौकीबाट एक किशोरीसहित बझाङका एक जना पक्राउ

बझाङ : पश्चिमी सीमा नाका गड्डाचौकीबाट १४ वर्षीया किशोरीको उद्धार गरिएको छ। बझाङको दुर्गाथली गाउँपालिका–२ का करिब ३२  वर्षीय मदन सार्कीले भारततर्फ लैजाँदै गरेका किशोरीको नाकाबाट सशस्त्र प्रहरीले उद्धार गरेको हो। 

किशोरीलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीको समन्वयमा शान्ति पुनर्स्थापना केन्द्रमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए। किशोरी बझाङको छविसपाथिभेरा गाउँपालिका–३ की रहेको उनले जानकारी दिए। सार्कीलाई पनि नियन्त्रणमा लिएर पुनर्स्थापन केन्द्रमा बुझाइएको छ।

यसैबीच, सशस्त्र प्रहरीले पुनर्वास नगरपालिका–४ आनन्दबजारबाट दुई जनालाई लागु औषध खैरो हेरोइनसहित नियन्त्रणमा लिएको छ। से २ प २३९१ नम्बरको मोटरसाइलमा सवार कैलालीको गौरीगंगा नगरपालिका–३ का १८ वर्षीय निर्मल औजी र गोदावरी नगरपालिका–१ अत्तरियाका १९ वर्षीय वीरेन्द्र सिंहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

उनीहरुकोसाथबाट एक ग्राम खैरो हेरोइन बरामद गरिएको छ। मोटरसाईल सहित दुवै जनालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै