नेभिगेशन
सुदूरपश्चिम

सेती नदी किनारमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुल्यो

बझाङ : बझाङको सेती नदी किनारमा बुधबार दिउसो मृत अवस्थामा फेला परेकी महिलाको शव पहिचान भएको छ । शव बझाङको तलकोट गाउँपालिका-३ बस्टिकी २६ वर्षीया धनलक्ष्मी भण्डारी रोकायाको भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले बताउनुभयो ।

धनलक्ष्मी असोज ८ गते राती घर बाटै सम्पर्क विहिन भएपछि खोजिदिन आफन्तले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । भण्डारीको शव आज दिउँसो २ बजे बझाङको जयपृथ्वी नगरपालिका- १० पानकोट पुलको तल सेती नदी किनारमा भेटिएको थियो । 

मृतक महिलाका श्रीमान भारत बस्दै आएका र २ छोरा घरमै रहेको प्रहरीले बताएको छ । शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिमखेत पठाएको छ । धनलक्ष्मी असोज ८ गते राती घरबाट एक्कासि बेपत्ता भएकी घरपरिवारले बताएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।  

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै