नेभिगेशन
सुदूरपश्चिम

बझाङको झोताबाट सु्रु गरियो सरदकालिन् आलु रोपाई कार्यक्रम

बझाङ : केदारस्युँ गाउँपालिका वडा नं ९ झोतामा शरदकालिन् आलु रोपाईँ शुभारम्भ गरिएको छ । जिल्ला कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना(आलु जोन)को सहयोगमा शरदकालीन् आलु रोप्न सुरु भएको हो ।

आलु जोन बनाउने उदेश्यका साथ अवस्थी अग्रीकल्चर एण्ड लाइभस्टक फर्मले ६५ रोपनी जग्गा भाडामा लिएर आलु उत्पादन गर्ने तयारी गरेको छ । सञ्चालक प्रिन्सराज अवस्थीका अनुसार उनले डडेल्धुरामा २ वटा र काठमाडौंमा एक वटा कृषि फर्म सुरु गरिसकेका छन् ।

जिल्ला कृषि ज्ञानकेन्द्र र आलु जोनको सहयोगमा ५० क्वीन्टल आलुको बिउँ, विषादी, मल र आधुनिक कृषि औजार गरि करिब ७ लाख बढीको सहयोग गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख टेक बहादुर विष्टले बताउनुभयो । 

शरदकालीन् आलु रोपाईँको आज एक कार्यक्रमकाबीच शुभारम्भ गरिएको छ । ६५ रोपनी जग्गामा आलु लगाउन दुईतीन दिन लाग्ने भएको छ । बझाङलाई आलु उत्पादनको हब मानिए पनि व्यवसायिक रुपमा कसैले आलु उत्पादन नगरेको र यति धेरै मात्रामा आलु रोप्ने काम जिल्लामा पहिलो पटक भएको ज्ञान केन्द्रका प्रमुख विष्टको भनाई छ ।

कार्यक्रममा जिल्लाभित्रका प्राविधिक विद्यालयमा कृषि जेटिएको पढाई सकेका र ओजेटी गरिरहेका विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो । अहिले रोपेको आलु पुसको अन्तिम तिर तयार हुने प्रधानमन्त्रिी कृर्षि आधुनिकिकरण परियोजना इकाई बझाङका प्रमुख सविता जोशीले बताउनुभयो ।   

बझाङमा विगतदेखि कार्तिक, मंसिरमा आलु रोप्ने प्रचलन रहेको हुँदा तुसारोले सताउने गरेकाले भदाै २० गतेदेखि असोज २० गतेसम्म रोपिसक्न पनि जिल्ला कृषि ज्ञानकेन्द्र र आलु जोन बझाङले किसानहरुलाई आग्रह गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै