नेभिगेशन
सुदूरपश्चिम

यातायात व्यवसायीको विरोधपछि बझाङमा फेरि बढ्यो भाडा दर

बझाङ : बझाङमा स्थानीय स्तरमा चल्ने सवारी साधनहरूको फेरि भाडा बढेको छ । यातायात व्यवसायीहरूले भाडा कम भएको गुनासो गरेपछि जिल्ला समन्वय समितिका संयोजक खडग बहादुर खडकाको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले भाडा वृद्धि गरेको हो । 

बैठकले पक्की सडकमा प्रतिकिलो मिटर ७ रुपैयाँ २५ पैसा र कच्ची तथा ग्रामीण सडकहरूमा प्रति किलोमिटर १२ रुपैयाँ निर्धारण गरिएको हो । प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले ३ दिन भित्र सबै यातायातका साधनहरूमा अनिवार्य भाडाको लिस्ट यात्रुहरूले देख्ने गरी टाँस्नुपर्ने यदि नटाँसेको खण्डमा कानुन अनुसार कार्वाही गरिने बताउनुभयो ।

साथै बैठकबाट मनसुन सकिने बित्तिकै स्थानीय तहहरूले अनिवार्य सडक सफाइ गर्ने निर्णय समेत गरिएको छ । यस अगाडीको बैठकमा जयपृथ्बी राजमार्गमा ६ रुपैयाँ २५ पैसा र कच्ची सडकमा १० रुपैयाँ निर्धारण गरेको भए पनि यातायात व्यवसायीहरूले विरोध गरेपछि भाडा वृद्धि भएको हो । बैठकमा गाउँ तथा नगरपालिका प्रमुख, सुरक्षा निकाय प्रमुख, पत्रकार र यातायात व्यवसायी लगायत सरोकाबाला ब्यक्तीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै