नेभिगेशन
सुदूरपश्चिम

बझाङ्गी भाषाको पहिलो लघु चलचित्र छायाङ्कन सुरु

बझाङ : बझाङ्गी भाषाको पहिलो लघु चलचित्रको छायाङ्कन बुधबारबाट सुरु भएको छ । सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङको सदरमुकाम चैनपुरबाट सो लघु चलचित्रको छायाङ्कन शुरु भएको हो । हैट क्रेसनको प्रस्तुतीमा निर्माण भइरहेको यो लघु चलचित्रको निर्मातामा इराकु लामा, महेश खड्का, सृजर्ना रोकाया र दुर्गा रोकाया रहेका छन् ।  

त्यस्तै निर्देशकमा प्रवीन रोकाया र छायाङ्कनमा नारायण जि.सी रहेका छन् । लघुचलचित्रमा कलाकारहरु निल गगन रोशन सिंह (पिम्याल), सरोज खड्का, जीवनजंङ्ग थापा, सृजना स्नेही, शितल स्नेही, कृष्ण रेग्मी, जनक खड्का, महेश खड्का, निरज खड्का र नविन थापा लगायतका कलाकारहरुको सहभागिता रहेको छ । 

लघु चलचित्रको कथामा बझाङको ऐतिहासिक, धार्मिक र पर्यकीय पक्षलाई ध्यान दिएर बझाङको प्रचारप्रसार गर्ने र चलचित्रको छायाङ्कन बझाङको धार्मीक तथा ऐतिहासिक क्षेत्रमा रहेर गरिने निर्देशक प्रविन रोकायाले बताए ।

छायाङ्कन बझाङको सदरमुकाम चैनपुरमा रहेको सुर्मा देवी मन्दिर, देवल विमानस्थल बारिल झर्ना, खप्तड लगाएत जिल्लाका विभिन्न ठाउँमा लघु चलचित्र छायाङ्कन हुने निर्देशक रोकायाको भनाई छ। लघु चलचित्रमा बझाङको स्थानिय कथा, संस्कृति, भेषभुषा र सुगन्धमा विशेष जोड दिइने र उक्त लघु चलचित्रमा स्थानीय र देशको विभिन्न क्षेत्रबाट संगठित कलाकारहरुको प्रस्तुती रहने निर्माता महेश खड्काले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै