नेभिगेशन
सुदूरपश्चिम

बझाङको ढँडार मष्टा मन्दिरमा पनि मनाइयो इन्द्र जात्रा 

बझाङ : हिजो ढँडार मष्टा मन्दिरमा इन्द्रध्वजा ठड्याएसँगै सुरु भएको इन्द्रजात्राको आज दोस्रो दिन पनि ढँडारमा इन्द्र जात्रा हुँदैछ । रामायणकालका योध्दा, इन्द्रपुत्र जयन्तलाई मष्टोको अर्को रुप मानिने भएकाले काठमाडौंजस्तै मष्टा मन्दिरमा पनि इन्द्र जात्रा मनाइन्छ । 

इन्द्रको राज्य सुरक्षाका लागि उनले दानवहरूसँग युद्ध गरेको र केही व्यक्तिहरूको मान्यतामा लडाइँमा देवताहरूको जित भइसकेपछि उनलाई इन्द्रले नै त्यस ठाउँमा स्थापित गराएको भन्दै इन्द्रको पूजा गर्दछन् । स्थानीय मानिसहरू मष्टोसम्बन्धी फाग गीत गाउँदा उनी इन्द्रपुत्र, इन्द्रका बाह्रा अर्थात् पुरीबाट आएको मान्दछन् । मष्टोले आफूलाई इन्द्रपुत्र भन्दछन् र मण्डाल्नी उनकी आमाको नाम हो । उनी इन्द्रकी पत्नी र राक्षसकी पुत्री रहेको स्थानीय मान्यता छ । पुराणमा समेत इन्द्र पत्नी शची पुलोमा दानवकी छोरी रहेको उल्लेख छ । इन्द्रध्वजोत्थानमा इन्द्र, शची र जयन्तसमेतको पूजा गर्नुपर्छ भनिएको छ । 

शास्त्रहरूले त्यस दिन अनन्तलाई विष्णुका रुप मानेर पूजा गर्नु भने पनि काठमाडौँ उपत्यकामा इन्द्रजात्रा मान्ने गरेजस्तै त्यसतर्फ देवी मन्दिर तथा आफ्ना कुल देवताको विभिन्न मन्दिरहरूमा पर्वको आयोजना गरी पूजा, धामी नाच आदि हुन्छ । यस दिनमा बझाङ, बाजुरा, डोटी र अछामको बीचमा रहेको प्रसिद्धस्थल खप्तडमा र त्यसको भोलिपल्ट छान्नाको सैनडाँडामा समेत खापर देवताको पूजा र मेलाको आयोजना हुने गरेको छ । मष्टामा मनाइने इन्द्र जात्रामा बझाङका रजवारहरु तल्कोटी, बस्ट्याल, पिम्याल, भडारी रजवार, चिउरी, उकालीरजवारका साथै, पुरानो सुन्याल बम्म सहभागी हुने गर्दछन् ।

 यसका साथै मष्टाप्रति आस्थावान जुम्ला, हुम्ला, मुगु, रोल्पा लगायत सुदूरपश्चिमका विभिन्न जिल्लाबाट पनि दर्शनाभीलासीहरु जात्रामा आएका पूजारी गेडे धामीले बताउनुभयो । उहाँका अनुसार आज मष्टा मन्दिरमा नौवटा भगवानको आदित्य ग्रहको पूजा आरधना गरिनेछ । इन्द्र भगवानको शालिकमा फूलपाती चढाउँदै, हवन गर्दै भोली मेला समापन हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै