नेभिगेशन
सुदूरपश्चिम

पश्चिम सेती परियोजना : सरकारले जिस्क्याउँछ मात्रै

 डोटी : बैतडीको शिगास गाउँपालिका–५ का पुष्पराज अवस्थी ६० बर्षका भए । उनी २० बर्षको हुँदा नै पहिलो पटक सेती नदीबाट बिजुली निकाल्ने कुरा सुनेका थिए ।

‘४० बर्ष भयो मैले सेती नदीबाट बिजुली निकाल्ने भन्ने कुरा सुनिरहेको, आज पनि त्यही कुरा सुन्दै छु’ अवस्थी भन्छन् ‘अब त सुन्दा सुन्दा दिक्क लागिसक्यो ।’

प्रस्तावित पश्चिम सेती जलबिद्युत परियोजनाको अनुगमनमा लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बिश्व पौडेल नेतृत्वका टोली शनिबार निर्माण हुने भनिएको स्थान बैतडी जिल्लाको ढुङ्गाड र डोटी जिल्लाको तलारा पुग्यो ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदय सापकोटा, ऊर्जा मन्त्रालयका सह–सचिव मधुप्रसाद भेटवाल, ऊर्जा मन्त्रालयका पूर्वसचिव अनुपकुमार उपाध्याय र ऊर्जाविदसहितको टोलीले स्थानीयबासीमा आश जगाउन सकेन ।

‘उहिले चिलगाडी (हेलिकप्टर) आउँथे, अचेल कच्ची रोड पुगेको छ, धुलो उडाउँदै गाडीमा आउँछन्, हेर्छन्, जान्छन्’ अवस्थी भन्छन् ‘परियोजनाका नाममा धेरै खर्च भइकेको छ, हुने छाँट छैन’ अवस्थीले यो परियोजना बन्नेमा स्थानीवासीमा विश्वास नभएको बताए ।

परियोजना बन्ने वा नबन्ने भन्ने स्पष्ट हुनु पर्ने वताउँछन् डोटी आदर्श गाउँपालिका–५ तलाराका कर्णबहादुर भट्टराई । उनी भन्छन् ‘बन्ने भए छिटो बनाउनुपर्‍यो, नबनाउने भए अब नबनाउने भन्नुपर्‍यो, बर्षौं बर्ष टोली आउने, हामीलाई जिस्क्याउने काम मात्रै गर्नु भएन ।’ उनले पश्चिम सेती हुने र यो क्षेत्र डुवानमा पर्ने नाममा अन्य पूर्वाधारहरु पनि नबनेको बताए ।

बैतडी, ढुङ्गाडका बिष्णु चन्द पनि परियोजनाका नाममा सरकारले बर्षेनी आफूहरुलाई जिस्क्याइरहेको बताउँछन् । ‘पश्चिम सेतीले हामीलाई जिस्काइरहेको छ, प्रत्येक पटक टोली आउँछ, कुरा उठ्छ’ चन्द भन्छन्

‘स्थानीयबासी फेरि पश्चिम सेतीकै नाममा यहाँको विकास नहुने भन्ने चिन्ता गर्छन्’ उनले थपे, ‘आज टोली आएको छ, आज पनि यहाँका बासिन्दाहरु एक गास कम खान्छन् ।’ उनले आफूहरु विकासविरोधी नभएको तर सरकारले नै पश्चिम सेती परियोजनालाई महत्व नदिएको बताए ।

पश्चिम सेती परियोजना बन्नुपर्छ, यसले सुदूरपश्चिम र राष्ट्रकै विकासमा महत्वपूर्ण योगदान दिन्छ भन्नेमा स्थानीय स्पष्ट रहेको चन्द बताउँछन् । उनी भन्छन् ‘तर परियोजना बन्छ भन्दै हामीलाई विकासका अरु पूर्वाधारबाट रोक्नु त भएन नि !’

पश्चिम सेती परियोजना केही व्यक्तिहरुको भत्ता खाने भाँडो मात्रै भएको आरोप लगाउँछन् बैतडी शिगास गाउँपालिका–५ का लोकन्द्रबहादुर चन्द । उनी भन्छन् ‘यो परियोजना बनाउने भनेर तत्कालीन उर्जामन्त्री जनार्दन शर्मासमेत स्थलगत अनुगमनमा आएका हुन्, उनले परियोजना छिट्टै बन्छ भन्थे, केही भएन ।’ यो टोली पनि अनुगमन गर्ने भत्ता पचाउने टोली मात्रै भएको उनको आरोप छ ।

टोलीले स्थानीयमा कुनै आश जगाउन नसकेको बताउँछन् आदर्श गाउँपालिका–५ तलाराका डम्मरबहादुर सिंह । उनी भन्छन् ‘हुल बाँधेर आए, ठाउँ हेर्‍यो फर्कियो, अब त यो बनाउनका लागि चर्चाका ल्याइएको परियोजनानै होइन भन्ने लाग्न थालेको छ ।’

समिट एयरको ९ एन–एएमपी जहाज चार्टर गरि धनगढीबाट दिपायल पुगेको अनुगमन टोलीलाई दिपायल विमानस्थलमा बाजागाजा सहित स्वागत गरिएको थियो ।

टोलीले प्रस्तावित परियोजनाको डुवान क्षेत्र डोटी आदर्श गाउँपालिका–५ को तलारा, बैतडी जिल्ला, शिगास गाउँपालिका–५ को ढुङ्गाड र पावर हावस बन्ने क्षेत्र डोटीको शिखर नगरपालिका–६, तलकोटको स्थलगत अध्ययन गरेको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले जानकारी दिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै