नेभिगेशन
सुदूरपश्चिम

गृह मन्त्रालयको मूल्याङ्कन : बझाङ कार्यसम्पादनमा सुदूरपश्चिमका ६ जिल्लाभन्दा उत्कृष्ट 

बझाङ : गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७-७८ को कार्यसम्पादन मूल्याङ्कनमा सुदुरपश्चिमका ९ जिल्लामा ६ जिल्ला भन्दा जिल्ला प्रशासन कार्यालय बझाङ ‘वि पलस’ मा परेको छ ।  विभिन्न ६ वटा विषयगत क्षेत्र समेटेर गरिएको मूल्याङ्कनमा बझाङ देशभरका २८ जिल्लालाई उछिन्दै बझाङ जिल्लाले वि प्लस ग्रेड ल्याएको छ । 

गृह मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाले शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय-सदाचारसँगै आर्थिक अनुशासन क्षेत्र समेटर कार्यसम्पादन मूल्याङ्कन गरेको थियो ।  

यसरी मापन गरिएका आधारमा सुदुरपश्चिमका बाजुरा, कन्चनपुर,डडेलधुरा, डोटी, कैलाली र बैतडी भन्दा बझाङ मध्यम अङ्क हासिल गरी ‘वि प्लस’ ग्रेडमा पर्न सफल भएको छ । जिल्ला प्रशासन कार्यालयले आफुले भए गरेका गतिविधीहरु बर्षको अन्तिम तिर माथिल्लो निकायमा रिपोटिङ गर्दा ग्रेड तल पर्न गएको र आगामी दिनमा पहिलो नम्मबरमा पार्नको लागी आफु लगाएत प्रसासनको सिंगो टिम लागि परेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै