नेभिगेशन
सुदूरपश्चिम

छविसपाथिभेरामा गाउँपालिका स्तरिय स्वास्थ्य कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु

बझाङ : छविसपाथिभेरा गाउँपालिका स्तरिय स्वास्थ्य कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु भएको छ । आर्थिक वर्ष २०७७/०७८ स्वास्थ्य कार्यक्रमको समिक्षा तथा आर्थिक वर्ष २०७८/०७९ को योजना तर्जुमा गोष्ठी सुरु भएको हो ।

गाउँपालिका अध्यक्ष अक्कल धामीको अध्यक्षता र स्वास्थ्य कार्यालय बझाङ प्रमुख भानुभक्त जोशीको उपस्थितिमा स्वास्थ्य सम्बन्धि कार्यक्रमहरुको प्रगति र सूचकहरुमा २ दिनसम्म समिक्षा हुने र यो आर्थिक वर्षका कार्यक्रमको बारेमा छलफल हुनेछ । 

कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय प्रमुख भानुभक्त जोशीले हाल विध्यमान् जनस्वास्थ्य समस्याहरुलाई मध्यनजर गर्दै स्वास्थ्य सम्बन्धी गतिविधि बढाउन पालिकामा उल्लेख्य बजेट ब्यवस्थापन हुनुपर्ने र स्वास्थ्य सस्थाबाट पनि स्वास्थ्य गतिविधिहरुको अभिलेख तथा प्रतिवेदन नियमित तथा शतप्रतिशत हुनुपर्ने बताउनुभयो । 

साथै उहाँले रेकर्डिङ्, रिपोर्टिङ र कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य कार्यालय बझाङले प्राविधिक सहजीकरण गर्ने पनि बताउनुभयो । यस्तै कार्यक्रममा बोल्ने क्रममा गाउँपालिका अध्यक्ष अक्कल धामीले नागरिकको स्वास्थ्यलाई पालिकाले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले पालिका अन्तर्गतका स्वास्थ्य संस्थालाई सूचना तथा प्रविधि मैत्री बनाइ सकिएको र अबबाट स्वास्थ्य सम्बन्धि गतिविधिहरुको रिपोर्टिङ तथा रेकर्डिङ सम्बन्धित स्वास्थ्य संस्थाबाटै गर्न र गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न संवेदनशिल हुन स्वास्थ्य संस्था प्रमुखहरुलाई निर्देशन दिनुभयो ।

यसैबीच कार्यक्रम सञ्चालनका क्रममा स्वास्थ्य कार्यालय प्रमुख जोशीले पालिकालाई कोभिड १९ बिरुद्धको खोप तथा अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै