नेभिगेशन
सुदूरपश्चिम

भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय सच्चाउन माग गर्दै प्रजिअ मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र

सत्यराज सिंह बझाङ, साउन ३१    
                                      
भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय सच्याउन माग गर्दै नेकपा(एमाले) निकटको अखिल नेपाल किसान महासंघ बझाङले सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले आईतबार बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । एमाले निकट किसान महासंघ बझाङका कार्यबाहक अध्यक्ष धर्मराज खड्काले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाएकाे बताएका छन । 

भूमिहीन, सुकुम्बासी र अब्यवस्थित बसोबास गरिरहेका जनताहरुले लालपूर्जा पाउने आशा गरिरहेको समयमा आयोग नै खाररेज गरेपछि भूमिहीन, सुकुम्बासी र अब्यवस्थित बसोबास गरिरहेका मानिसहरु निरासा भएको खड्काले बताए । उनले भने ‘आयोगले भूमि सम्बन्धी समस्या समाधान गर्ला भनेर आशमा बसेका जनता आयोग नै खारेज भएपछि निराश भएका छन् । उक्त निर्णयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासको कारण जोखिमपूर्ण जीवन बिताउन बाध्य समुदायप्रति गम्भीर अन्याय भएको छ ।’ सबै स्थानीय तहसंग कार्यसम्पादन सम्झौतासमेत गरी, भूमिहीनको लगत संकलन, प्रमाणीकरण गरी भूमिहीनलाई जमिन वितरण गर्न आवश्यक जमिनको चाँजोपाँजो समेत मिलाएको अवस्थामा आयोग विघटन गर्ने सरकारको निर्णयले भूमिहीहरु जमिन पाउने अधिकारबाट बञ्चित भएको उनकाे भनाई छ ।   

भूमि नागरिकको खाना, आवास र स्वतन्त्रता जस्ता मौलिक अधिकार प्राप्त गर्ने सुनिश्चितताको आधार संगसंगै देशको समग्र आर्थिक तथा सामाजिक विकासका लागि लामो समयदेखिको भूमिसम्बन्धी समस्या निरूपण हुन आवश्यक रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । राजनीतिक प्रतिशोध लिने मनसायले गरिएको यस निर्णयले भूमिहीनमाथि घोर अन्याय भएको हुँदा आयोग खारेज गर्ने उक्त निर्णय अभिलम्ब सच्याउन माग गरेका छन् । अन्यथा भुमिहिन किसानको भुमि पाउँने संवैधानिक अधिकार स्थापनाको लागि अखिल नेपाल किसान महासंघ आम भुमिहिन किसान सहित परिचालित हुने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

सुदूरपश्चिमको पहाडी तथा हिमाली जिल्ला बझाङ यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा छ। जिल्लाको राजनीतिक आकाशमा एउटा नामको वरिपरि तीव्र घेराबन्दी, आलोचना, समर्थन र आशंका देखिन्छ—ऐन महर।
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
भर्खरै