नेभिगेशन
सुदूरपश्चिम

अवरुद्ध खोडपे बझाङ जयपृथ्वी राजमार्ग पाँच दिन पछि सुचारु

बझाङ: पाँच दिन देखि अवरुद्ध खोडपे-बझाङ जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ । अविरल बर्षाका कारण बैतडीको पाटन नगरपालिका वडा नं ८ झौलेकमा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग विहिबार दिउँसो बाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी निरीक्षक कमल चौधरीले बताए । राजमार्ग सुचारु भए संगै पाँच दिन देखि बाटोमा रोकिएका परेका मालवाहक तथा यात्रुबाहक सवारी गन्तव्य तर्फ जान थालेका छन ।

आइतबार राती सडक तलतिरबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सडकमा पर्खाल निर्माण सम्पन्न भएपछि राजमार्गमा पूर्ण रुपमा सवारी आवागमन शुरु भएको छ । राजमार्ग संचालन आए संगै जिल्ला सदरमुकाम चैनपुर बाट धनगडी महेन्दनगर लगायत जिल्ला बाहिरिने रात्री सेवाका बसहरु छुटन थालेका छन । वर्षातको समयमा जयपृथ्वी राजमार्गको विभिन्न ठाँउमा पहिरो जाँदा बेलाबेलामा अवरुद्ध हुने गरेको छ । असार महिनामा मात्र ढोल्यामोड, तमैल, कचाली खोला, र नारुगौडामा सडक माथी बाट पहिरो आउदा चार पटक अवरुद्ध भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै