नेभिगेशन
सुदूरपश्चिम

तलब वृद्धि नभएको भन्दै थलाराका विद्यालय कर्मचारी र बाल शिक्षा सहजकर्ता आन्दोलनमा उत्रिए

बझाङ :  थलारा गाउँपालिकाका विद्यालय कर्माचारी र बाल शिक्षा सहजकर्ताले सरकारले तोके अनुसार तलब वृद्धि नभएको शुक्रबार थलारा गाउँपालिकामा धर्ना दिएका छन् ।

नेपाल सरकारले गत बजेट भाषणमा न्यूनतम तलब १५ हजार दिने घोषणा गरे पनि गाउँपालिकाले उक्त निर्णय कार्यान्वयन नगरेको भन्दै शुक्रबार विद्यालय कर्मचारी र बाल शिक्षा सहजकर्ताहरूले गाउँपालिकाको भवन अगाडी ३ घण्टा धर्ना दिएका हुन् ।
 
आफूहरूको आन्दोलन जारी रहेको र माग पूरा गराउन शुक्रबार धर्ना दिएको विद्यालय कर्मचारी संगठनका अध्यक्ष चन्द्रदेव जोशीले बताए । जोशीका अनुसार गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्याय तलब वृद्धि गर्न सकारात्मक देखिएकाले हाललाई धर्ना रोकिएको छ ।

नेपाल सरकारले न्युनतम १५ हजार तलब घोषणा गरेपछि बझाङका केही स्थानीय तहहरूले उक्त निर्णय कार्यान्वयन गरे पनि थलारा गाउँपालिकाले सम्बोधन नगरेको आन्दोलनरत कर्मचारीको भनाइ छ । थलारा गाउँपालिकाभरि करिब ८० जना बालशिक्षा सहजकर्ता र बाल शिक्षा कर्मचारी रहेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै