नेभिगेशन
सुदूरपश्चिम

बझाङका ५ स्थानिय तह अझै भाडाकै भवनमा

बझाङ: बझाङका अधिकांस स्थानिय तहले अझै पनि आफ्नो प्रसासनिक भवन बनाउन सकेका छैनन । स्थानीय तहको निर्वाचन भएको चार बष भई जनप्रतिनिधिको कार्यकाल सकिन लाग्दा पनि अझै भवन बनाउन सकेका छैनन । जिल्लाका १२ वटा स्थानीय तहमध्ये जयपृथ्वी नगरपालिका, तलकोट र छविसपाथिभेरा गाउँपालिकाले मात्र आफ्नै भवनबाट सेवा दिइरहेका छन् । खप्तडछान्ना, थलारा र वित्थडचिर गाउँपालिकाको भवन निर्माणाधिन अवस्थामा छन् । 

सुर्मा, साइपाल, मष्टा, दुर्गाथली, केदारस्युँ गाउँपालिका र बुंगल नगरपालिकाले भवन बनाउने तयारी समेत गरेका छैनन् । दुर्गाथली, मष्टा र केदारस्युँ गाउँपालिकाले साविकका गाविस भवनबाट सेवा दिँदै आएका छन् । वित्थडचिर गाउँपालिका देउलेख प्राथमिक स्वास्थ्य केन्द्रको पुरानो भवनबाट सेवा प्रवाह गर्दैछ भने थलारा, सुर्मा, साईपाल, खप्तडछान्ना गाउँपालिका र बुंगल नगरपालिकाले भाडाका भवनबाट सेवा दिइरहेका छन् । 

भाडाका भवनमा सेवा दिँदै आएका स्थानीय तहले बार्षिक २ लाख २० हजारदेखि ९ लाखसम्म घर भाडा तिर्दै आएका छन् । साईपाल गाउँपालिकाले बार्षिक २ लाख ४० हजार, थलारा गाउँपालिकाले बार्षिक ४ लाख २० हजार, सुर्मा गाउँपालिकाले बार्षिक २ लाख २२ हजार, खप्तडछान्ना गाउँपालिकाले बार्षिक ३ लाख ६० हजार र बुंगल नगरपालिकाले बार्षिक ८ लाख ४० हजार रुपैयाँ घरभाडा तिर्दै आएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै