नेभिगेशन
सुदूरपश्चिम

बाजे, बज्यैले कोरोना जितेको खुसीयालीमा जिल्ला अस्पताल बझाङलाई स्वास्थ्य सामाग्री सहयोग 

बझाङ जयपृथ्वी नगरपालिका –७ सुवेडा घर भै हाल पढाईको शिलशिलामा जापानमा रहदै आएका दिनेश रताला जोशीले जिल्ला अस्पताल बझाङलाई  स्वास्थ्य सामाग्री सहयोग गरेका छन । घरमा रहेका बाज्या, बज्यै सहितका परिवार सदस्यहरु कोरोना संक्रमित भै घरमै आइसोलेसनमा बसेर कोरोना जितेको खुसियालीमा अस्पताललाई २ थान सोलार वाटर हिटर, पानी क्युरिफाइ र फिल्टर गरि ३ लाख बराबरको सामाग्री सहयोग गरेका हुन । शुक्रबार एक कार्यक्रमका विच दिनेश रताला जोशीका बाजे ८३ बर्षिय मदनराज रताला जोशीले जिल्ला अस्पताल सिमखेतका निमित प्रमुख डा.एकेन्द्र खड्कालाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन ।

सत्यवादी माध्यामिक विध्यालय भोपुरका पुर्व प्रधानाध्यापक समेत रहेका मदनराज रताला जोशीले  स्वास्थ्य सबै भन्दा ठुलो सम्पति भएकाले सानो सहयोग भए पनि विरामीको लागि थोरै भए पनि राहात हुने र जापानमा बसेर नातिले गरेको सहयोग आफ्नै हातले हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए । आफुले पढाएका विध्यार्थीका छोराहरु डाक्टर भई बझाङ अस्पतालको मुहार फेरेको सुन्दा  र  जिल्ला अस्पतालको सेवा प्रवाह पनि राम्रो रहेको सुन्दा आफुलाई भाग्यमानी भएको उनको भनाई छ ।

जोशी जापानमा भएपनि जिल्ला अस्पताललाई दिएको उक्त सामाग्रीले अस्पतालमा आउने कोरोनाका विरामी तथा अन्य विरामीहरुलाई मदत पुग्ने र उक्त सामाग्रीहरुको सहि सदुपयोग गर्ने जिल्ला अस्पतालका डा.एकेन्द्र खड्काले बताए । उक्त सामाग्री दिएकोमा धन्यवाद व्यक्त गर्दै मदन राज जोशी र उनकी श्रीमति रुपा जोशीलाई सम्मान स्वरुप दोसल्ला र प्रमाण पत्र समेत प्रदान गरेका छन ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै