नेभिगेशन
सुदूरपश्चिम

पत्रकार महासंघ बझाङ शाखाद्वारा जयपृथ्वी पत्रकारिता पुरस्कारको स्थापना 

बझाङ  नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङले यसै वर्षदेखि वितरण गर्ने गरी जयपृथ्वी  पत्रकारिता पुरस्कारको स्थापना गरेको छ । मानवतावादी राजा जयपृथ्वी बहादुर सिंह जन्मेको दिन भदौ ७ गतका दिन प्रदान गरिने गरि पत्रकारिता पुरुस्कारको स्थापना गरिएको हाे । प्रत्येक वर्ष वितरण गरिने सो पुरस्कार जिल्लामा क्रियाशिल पत्रकारहरु मध्येमा महासंघको छनोट समितिले सिफारिस गरेका ३ जनालाई प्रदान गरिने भएको छ ।

विहिवार बसेको महास‌घको प्रतिभा छनोटका लागि नेपाल पत्रकार महासंघ बझाङ शाखाका सचिव ललित बहादुर सिंहकोे संयोजकत्वमा पाँच सदस्यीय  छनोट समिति समेत गठन भएको छ ।  मानवतावादी राजा जयपृथ्वी बहादुर सिंह एसियाकै दोस्रो गौतम बुद्वको रुपमा चिनियपनि राज्यले सिंहलाई चिनाउनका लागि कुनै गतिविधि नगरेकोले नेपाल पत्रकार महासंघ बझाङ शाखाले सिंहको सम्मानका लागि उक्त पत्रकारिता पुरस्कार स्थापना गरेको नेपाल पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष शैलेन्द्र राेकायाले बताए । गोरखापत्रको पहिलाे सम्पादक समेत रहेका सिंह बझाङका भएकाले बझाङलाई पत्रकारिताको उद्गगमस्थलका रुपमा मानिने गरेको र राज्यले सम्मान गर्न नसके पनि आफुहरुले सिंहको सम्मानका लागि पुरुस्कारको स्थापना गरिएको उनको भनाई छ ।

हाल जयपृथ्वी बहादुर सिंहको नामबाट नामाकरण गरिएका खोड्पे बझाङ जयपृथ्वी राजमार्ग, जयपृथ्वी बहुमुखी क्याम्पस, जिल्लाको सदरमुकाम समेत रहेको जयपृथ्वी नगरपालिका, संचार क्षेत्रमा एउटा साप्ताहिक पत्रिका जयपृथ्वी पोष्ट र रेडियो जयपृथ्वी मात्र रहेका छन । सिंहलाई राष्टिय विभुति घोषणा गर्नको लागि बेला बेलामा अथक प्रयास भएका छन ।   केहि समय अघि हस्ताक्षर संकलन गरिएको भएपनि हाल सम्म सिंहलाई विभुति घोषणा गरिएको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

नागढुंगा चेकपोस्टबाट २.७ किलोमिटर मात्रैको दूरीमा रहेको झ्याप्ले खोलानजिक आइपुग्दा शुक्रबार राति धेरै यात्रुले राजधानी नै प्रवेश गरिसकेको सोचेका थिए। झ्याप्ले खोला कटेलगत्तै काठमाडौं सुरु हुन्छ।
देउडामा आमा भन्दा छोरी कडा

देउडामा आमा भन्दा छोरी कडा

सुदूरपश्चिम र कर्णाली क्षेत्रमा देउडा पारखीहरुकाबीच चर्चित नाम हो-राजकला धामी ।  सुदूरपश्चिम प्रदेशमा त झन् जहाँ ठूलो देउडा खेल (प्रत्यक्ष सवाल जवाफ हुने प्रतियोगिता) हुन्छ, त्यहाँ राजकला धामीको...
'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

बुंगल नगरपालिकाका अपांगता भएका व्यक्तिले स्थानीय सरकारले आफूहरुको वेवास्ता गरेको गुनासो गरेका छन् ।  
भर्खरै