नेभिगेशन
जयपृथ्वी विशेष

विश्व रेडियो दिवस: रेडियो पत्रकारिता र मेरो अनुभुति

बझाङ: आज फेब्रुअरी १३ विश्व रेडियो दिवस । रेडियो दिवसको अवसरमा रेडियोमा काम गर्नु हुने संञ्चारकर्मि तथा सम्पुर्ण रेडियोप्रेमी मनहरुमा शुभकामना । समाजको विकास र रुपान्तरणमा योगदान तथा विश्वसनीय सञ्चार सामुदायिक रेडियो सँगको मेरो सम्बन्ध धेरै नजिक छ । रेडियोको सुरुवात कहाँ बाट कहिले र कसरी भयो अनि यो विश्व रेडियो दिवस मनाउन सुरु कसरी गरियो भन्ने तिर म जान चाहान्न । किनकि म मा त्यति धेरै कुराको ज्ञान र रेडियोको इतिहास थाहा नहुन पनि सक्छ । पछिल्लो समयमा सत प्रतिशत जनताको पहुँचमा रेडियो मात्र एक सञ्चारको माध्यम बनेको छ । तर संचारमाध्यमहरु विभिन्न राजनीतिक पार्टीहरुको ओकालत र प्रचारप्रसार गर्ने प्रयोजनका रुपमा समेत प्रयोग गरिएको छ । अहिले त झन एउटा मोफसलको शहरमा दर्जनौ रेडियोहरु भकाभक खुल्ने क्रम छ र भनिन्छ फलानो एफ.एम फलानो पार्टीको ।  खैर छोडि दिउ यि कुरा ।

रेडियो पत्रकारिताकाे सुरुवाती चरणमा अमरगडीमा एफ.एममा कार्यक्रम चलाउदै ।

म सानै थिय बुवाले त्यो बेला फिलिप्स रेडियो ल्याउनु भएको थियो । त्यो रेडियो लाई घरको भित्तामा झुन्डाएको हुन्थ्यो । बुवाले यो टेप हो यस्मा रेडियो पनि सुनिन्छ भन्नु हुन्थ्यो । त्यसमा क्यासेट हालेर गित पनि सुन्न गथ्र्यौ । बुवा राजनितिमा चासो राख्ने मान्छे जहिले पनि साँझ साढे सात बजेको घटना र विचार खुव सुन्नु हुन्थ्यो । शनिवारको दिन थियो स्कुल छुट्टी । म, बहिनी र भाईहरु टेपमा क्यासेट हालेर गित सुन्दै नाच्दै थियौ । कुन्नी कसरी भित्तामा झुण्डीएको रेडियो भित्ता बाट भुईमा खसेर दुई टुक्रा भयो । पहाडको घर रेडियो भित्र साङला पसेका रहेछन । रेडियो दुइृ टुक्रा भए पछि साङलाहरुको भागाभाग भयो । साङलाहरु भागेको देखेर रेडियोमा बोल्ने मान्छे भागे अब बुवाले मार्नु हुन्छ भन्ठानेर खुब रोय । तर आजकाल त्यस्तै रेडियोमा मेरो स्वर गुञ्जीन्छ । विगत सम्झेर हाँसो आँउछ ।  रेडियो नेपाल क्षेत्रिय प्रसाण केन्द्र सुर्खेत बाट बुधबार राती हजारी माला भन्ने कार्यक्रम प्रसारण हुन्थ्यो । त्यो कार्यक्रममा डेउडा गितहरु बाचन हुन्थे भने डेउडा गित नै बजाईन्थ्यो । यो कार्यक्रम मेरो सबै भन्दा बढि मन पर्ने कार्यक्रम थियो । 

२०६३ सालमा एसएलसी पास गरे र प्लस टु अध्ययन गर्न भनेर कैलाली तिर आए । त्यति बेला म १५÷१६ बर्षको थिए । सायद सानै भएकाले होला त्यो बेलामा म पनि बोल्न पाए हुन्थ्यो भन्ने सोचनै आएन तर रेडियो भने खुव सुनिन्थ्यो । म कैलाली आउँदा म बसेको ठाँउमा खप्तड एफ.एम र दिनेश एफ..एम मात्रै सुनिन्थे। विहानै कलेज जान्थ्ये दिउसो भरि रेडियो सुन्दै बस्थे । ठुला बा त रेडियो सुन्न आएको की पढन भनेर कराउनु हुन्थ्यो तै पनि वास्ता गरिन्नथ्यो । अब भने म मा विस्तारै रेडियोमा बोल्न पाए हुन्थ्यो भन्ने सोच पलाउन थाल्यो । त्यो बेला म संग नोकिया ३११० मोडलको मोवाईल सेट थियो । एफ.एम मा प्रसारण भएको कार्यक्रमहरु सुनेर त्यस्तै कार्यक्रमको ढाँचा बनाएर मोवाईलमा रेकर्ड गरेर बाख्रा चराउन जाँदा ईयरफोन हालेर आफै सुन्थे ।  

ब‌गलादेशको  बर्गुनामा रहेको रेडियो लोकोबेटारमा रेडियो स‌चालकहरु स‌ग छलफल गर्दै ।

म सानै देखि मिडियाप्रेमी भएकाले होला रेडियोमा अरुले समाचार वाचन गरिरहदा र कार्यक्रमहरु संचालन गरिरहदा मलाइ निकै आनन्द लागिरहन्थ्यो । मनमनै सोच्ने गर्थे मैले पनि रेडियोमा बोल्न पाए कस्तो होला । बोल्न सकुलाकि नसकुला । केहि समय सोच्नमै बित्यो । सोच्दा सोच्दै प्लस टु पास भईयो । गर्मि धेरै हुने हुनाले तराई बस्न मन लागेन वि.एड पढन भनेर डडेल्धुरा शिक्षा क्याम्पसमा भर्ना भए । दिनमा कलेज जाने साँझ विहानको साथि रेडियो नै सारथी बन्यो । त्यो बेला डडेल्धुरामा आफ्नो एफ.एम मात्र थियो । २०६७ साल तिर भने डडेल्धुरामा दुई ओटा रेडियो स्थापना भए । रेडियो सुदुर आवाज र अमरगडि एफ.एम प्रसारणमा आए । यी दुई रेडियो प्रसारणमा आए देखि म रेडियोकर्मी बन्ने अबसरको खोजीमा भौतारिदै गए । रेडियो पत्रकार बन्ने तिब्र चाहाना केवल मन भित्र मात्रै सिमित रह्यो । म निरन्तर आफ्नो रेडियोकर्मी बन्ने चाहना पुरा गर्नको लागी अवसर खोजी रहेको थिए । तीनै रेडियोमा काम गर्ने चाहाना भएको भन्दै काम गर्ने अवस दिन आग्रह गरे तर म सफल भएन । सबै जना भन्थ्ये तिमी जस्तो मान्छेहरु धेरै आउछन भाई कस्लाई अवसर दिनु भयो भए विचार गरौला बरु अरु नै काम खोज्नु भन्दा मन चसक्क दुख्थ्यो । तैपनि हार मानिन । 

२०६८ माघ तिरको हो फेरी रेडियो अमरगडिले समाचारवाचक, कार्यक्रम प्रस्तोता र बजार व्यवस्थापकका लागी कर्मचारी माग गरेको रहेछ । मेरो घरवेटी दाई प्रकाश चन्द्र बुढा ऐर त्यति बेला सुदुर आवाजमा काम गर्नु हुन्थ्यो । अवसर छ राम्रो गरे भने अवसर दिईहाल्छन भन्नु भयो । काम गर्ने अवसर त पाईदैन होला तै पनि आवेदन दिदा के गयो र भन्ने मन सायले मन नलागी नलागी आवेदन दिए । सर्ट लिस्ट मा परेका लाई मात्र बोलाईने भनियो । तेस्रो दिनमा रेडियो बाट फोन आयो र म हतार हतारमा रेडियोमा गए । त्यहाँ छत्र साँउद दाई र सुन्दर जैरु दाई दुबै जना बसिरहनु भएको थियो । दुबै जनाले प्रश्न गरे रेडियोमा के काम सक्छौँ । हजुरहरुले अवसर दिएमा समाचार पढने र कार्यक्रम चलाउने काम सक्छु होला मेरो छोटो जवाफ थियो । छत्र दाईले टेबुलमा भएको हिलटाईम्स पत्रिका हातमा दिएर यो समाचार पढ भन्नु भयो । दुबै जनाले ल ठिकै छ काम गर्ने मनसायनै हो भने आजै देखि सुरु गर । सुरुमा एक्लै सक्दैनौ पहिले दुई तिन दिन लोकेन्द्र संग कार्यक्रम चलाऊ र राती दश बजेको दिनभर आज समाचार बुलेटिन पढनु भने । 

नेपालका सामुदायिक रेडियोले सामाजिक रुपान्तरणमा खेलेकाे भुमिका बारे अनुभव सेयर गर्दै । 

त्यो बेला मलाई सम्झना पाण्डे दिदिले समाचार र लोकेन्द्र ओझाले कार्यक्रम कसरी भलाउने भन्ने सिकाईदिनु भयो । तालिमको नाममा त्यसै रेडियो बाट पाएको पाँच दिने तालिमले विना नियुक्ति रेडियोबाट बोलेको दिन मेरो आवाज रेडियो बाट तरंगीत भएको दिन अहिले पनी मानसपटलमा ताजै छ । मेरो आवाज पहिलो पटक रमाईलो दोहोरी साँझ बाट सुरु भएको थियो । त्यै दिन राती १० बजेकोे दिनभर आज समाचार बुलेटिन पनि पढियो । मनमा धेरै सपना बोकेर कामलाई निरन्तरता दिदै गए । आफुलाई स्थापित गर्न प्रेरणा र अवसर संगै चुनौतीहरु पनि थिय । रेडियोमा काम सुरु भएको एक हप्ता पछि मलाई कसैले पनि भर्खर आएको हो भनेर भन्न नसक्ने अवस्थामा पुगि सकेको थिय । सबैले एकदम राम्रो छ भन्दा औधि खुसी लाग्थ्यो । 

विस्तारै पत्रकारितालाई पनि बुझ्न थाले । त्यस पछि २०७० सालमा बझाङ जिल्लाको बझाङ एफ.एममा काम सुरु गरे । त्यसको दुई बर्ष पछि त्यतैको अर्को रेडियो सेती एफ.एम मा काम गर्न थाले । सामुदायिक रेडियोमा काम गर्दै जाँदा मैले धेरै अनुभवहरु बटुलने अवसर पाए । विस्तारै राष्ट्रिय स्तरका पत्रपत्रिका र टेलिभिजनमा पनि बझाङ बाट रिपोर्टिङ गर्न थाले । लामो समयको दौरानमा मैले सामुदायिक रेडियोमा काम गरेको आफ्नो अनुभवहरु साटने अवसर पाए । यहि अवधिमा नर्वे सरकारको सहयोगमा विश्व सामुदायिक रेडियोको छाता संगठन अमार्क एसिया प्यास्याफिक र रुपान्तर बंगालदेशको समन्वयमा अनुभव आदान प्रदान कार्यक्रम अन्र्तगत एक बर्ष बंगलादेशका विभिन्न सामुदायिक रेडियोमा गएर आफ्ना अनुभव पनि साटेको छु । 

रेडियो कार्यक्रम उत्पादन बारे अनुभव सेयर गर्दै ।

हाम्रो समाजले पत्रकार भनेपछि धेरै पैसा कमाउने पेशा हो भन्ने सोच्नु अन्यथा होइन होला । तर, पत्रकारको कमाइ कस्तो छ भनेर भनी साध्य छैन । विहान पाँच बजेदेखि राति दश बजे सम्म खटेर काम गरे पनि सहजै तलव न दिँदाको पिडा कति हुन्छ त्यो भोग्ने लाई थाहा होला । चाँडवाड आउँदा परिवारका सबै सदस्यलाई एकसरो लुगा र एकछाक मिठो मसिनो खाना पु¥याउन पनि धौ–धौ को अवस्था हुँदो रहेछ । साँच्चै भन्ने हो भने मैले यो पेशा बाट कमाउन सकेको छैन । रेडियोमा काम गर्दा को पिडा पोखेर पनि साध्य छैन । छोरो काम गर्दैछ अब आफुलाई अलि राहात हुन्छ भन्ने आमाबुवाको सोचाई र कयौ रातहरु भोकै बसेको अनुभव म संग ताजै छ । महिना महिना भाडा दिन आफ संग पैसा हुदैनथ्यो । ६ महिनामा एक चोटी घर भाडा दिएको तीतो अनुभव पनि संगालेको छु । डडेल्धुरा छोडेर बझाङ आएको तीन महिना पछि डडेल्धुराको घरभाडा तिरेको त्यो क्षण हिजै हो जस्तो लाग्छ । अहिले पनि घर आउदा जाँदा श्रीमती संग पैसा माग्छु । उनी पनि हासेर भन्छिन श्रीमतीले पाल्नु पर्ने कस्तो श्रीमान हो तपाई । 

यो पेशामा हाम्रो भेट ग्रामिणवस्तिका विपन्न देखी ठुला ठुला नेता भनाउदाहरु, सरकारी कार्यालयका प्रमुखहरु, राम्रो मान्छे संग नि बसिन्छ नराम्रो संग नि बसिन्छ । जो सुकै संग भनि सहजै उठबस हुन्छ । कुनै नेता, हाकिम, अथावा गन्यमान्य ठुला मान्छेलाई लाई भेटन सर्वसाधारण जनताले लाईन लाग्नु पर्दछ तर पत्रकार हुँ भनेर भन्दा भेटन लाईन लाग्नु पर्दैन । यो पेशा सम्मानित पेशा भएको महसुस गर्दछु । कमाई पो छैन केहि नभए पनि नाम र ईज्जत त कमाएको छु नि भन्ने सोच हुन्छ ।  यात्राको क्रममा गाडीमा भेटिनेहरु हामी सबैका लागी अपरिचित नै हुन तर संचारकर्मिलाई सबैले चिन्दा रहेछन ।  दाई तपाईको टिकट दिन्छौ खाना नास्ताको पैसा हामी तिर्छौ तपाई नतिर्नुस भन्दा मन भक्कानिएर आउँछ । समाजले जसरी सञ्चार क्षेत्रलाई सम्मान गर्छ ठीक त्यसरी नै सञ्चारकर्मीहको राम्रो कमाई छ भन्ने पनि ठानेको छ । हुन पनि असार मसान्तमा सरकारी कार्यालयहरुमा धाउने, पैसाको लागी समाचारको बिषयलाई लिएर मोलमोलाई गर्नेहरु पनि छन् ।

समाचारको बिषयलाई लिएर सडकमै, भट्टीमा, कार्यालयमा, सार्वजनिक स्थलहरुमा गाली गर्दैछन, ज्यान मार्ने धम्की दिन्छन, हातपात पनि गर्न पनि पछि पर्दैनन् । हामी सञ्चारकर्मीहरुले सञ्चारकर्मीहरुका स्थायी मित्र र स्थायी शत्रु कोही हुँदैन, सवालगत रुपमा शत्रु र मित्र बन्दै र फेरिदै जान्छन् । तर मैले चलाएको कलमले कोरिएका दुई अक्षरले धेरै मान्छेलाई खुशी बनाउदा म सन्तुष्ट हुन्छु । अरुको तुलनामा आर्थिक उपार्जन बाहेक अरु कुरामा सन्तुष्टि गर्ने ठाउँ छ । श्रीमतीको कमाई खाएर भए पनि यो पेशामा रहि रहेको छु । धेरै साथीहरु रेडियोमा बोल्न पाउने वित्तिकै आफुलाई रेडियोको बादशाहा नै सम्झन छन । समाचार लेखनको सिप छैन । कथा, कविता, चुटकिला, जीवनी के लेखेको हो थाहा हुदैन । पत्रिका बेच्नेले पनि पत्रकार हु भन्दै थर्काएर हिडछन् । बोल्नु पर्ने हुरा बोलेका छन नबोल्नु पर्ने कुरा पनि बोलेका छन । संचार आचार सहिताको पालनाको कुरा छैन । 

ब‌गलादेशकै एक साप्ताहिक पत्रिकामा नयाँबर्ष विशेष लेख । 

आज सम्मको अनुभले मलाई धेरै सिकाएको छ । मैले त जति सिके त्यो भन्दा दोब्बर त सिक्नु पर्ने उस्तै रहेछ । बेला बेलामा पत्रकारिता गर्ने साथीहरुले लेखेका यस्तै लेखहरु पढ्दा साँच्चै मलाई हेरेर मेरा कुराहरु लेखेको त हैन ? भन्ने जस्तो लाग्छ । एक खालको पहिचान, अनुभव, अनुभुति सवै कुरा यसै पेशामा भइयो । यो मिडियाको नसा पनि अचम्मको लागे पछि छुटयाउनै गाह्रो । लत बसेपछि अरु पेशामा पनि मन नजाने । पत्रकार भएर समाजलाई बदल्ने आशमा आफ्नो स्वर सुकाउन  र कलम चलाउँन थालेको अहिले ११ वर्ष बितेको पत्तै भएन । यो अवधिमा पाठकवर्ग र स्रोताको धेरै माया पाइयो । लाखौँ संघर्ष, हजारौँ  दुःख र केही मात्रामा सफलता मिलेको यो अवधिमा धेरै कुरा सिकियो । अरुको रेडियोमा काम गर्न पनि साह्रै अप्ठयारो । कहिले तलब नपाउने त कहिले संचालक अनुकुलका समाचारलाई मात्रै स्थान दिनुपर्दा समस्या हुँदो रहेछ । 

थाईल्याण्डको बै‌ककमा एक कार्यक्रममा सहभागिहरु स‌ग ।

जिल्लाका रेडियो भरि रन्थनीदै गर्दा म जस्तै प्रताप ओली भाईले दाई अब हामी कति अरुकै रेडियोमा काम गर्नु बरु पैसा नकमाएपनि आफ्नै रेडियो सुरु गरौँ भन्ने प्रस्ताव ल्याउनु भयो । सोचे कति अरुको तनाव सहनु भन्दा बरु आफै सुरु गरौ भनेर जयपृथ्वी एफ.एमको स्थापना गरि प्रसारणमा ल्यायौ । यो अवधिमा पनि अनेकौँ पिडा सहनु पर्यो । प्रसारण आएको एक बर्ष नपुग्दै चट्याङले झण्डै १६ लाख बराबरको क्षति ग¥यो । सामुदायिक रेडियो भएकाले धेरैले सहयोग गर्लान भन्ने हाम्रो सोच थियो तर त्यसो भएन । रेडियोले हाम्रो स्थानिय तहको विरोध मात्रै गर्छ भनेर हामीलाई सहयोग हुन पनि छाड्यो । जेनतेन गरेर बन्द भएको दुई महिनामै फेरि रेडियो प्रसारणमा ल्यायौ । अहिले थलाराको बगाडा बाट पनि १०३.३ मेगाहर्ज बाट पनि प्रसारणमा छौ । अरुले साथ सपोर्ट नगरेपनि आमस्रोताले रेडियोलाई धेरै माया गर्नु भएको छ । छोटो समयमै जिल्लामै एक नामी रेडियोले परिचित भएका छौ । 

मलाई यो क्षेत्रमा प्रवेश गर्ने अवसर अवसर प्रदान गर्ने रेडियो अमरगडि एफ.एम ९७.४ मेघाहर्ज प्रति सदैव सम्मान रहनेछ । मेरा अग्रज पत्रकार दाजुहरु जस्ले मलाई पत्रकारिताको आधारभुत ज्ञान दिनु भयो उहाँहरुलाई पनि विशेष आभार प्रकट गर्न चाहान्छु । विभिन्न सामुदायिक रेडियोमा काम गर्दै गर्दा सहयात्रामा रहनु भएका रेडियो अमरगडी एफ.एम ९७.४ मेघाहर्ज, रेडियो बझाङ एफ.एम ९१ मेघाहर्ज, रेडियो सेती एफ.एम ९३.६ मेघाहर्ज, रेडियो केदार एफ.एम ९१ मेगाहर्ज र जयपृथ्वी एफ.एम नेटवर्कका सम्पुर्ण सहकर्मि मित्रहरुलाई पनि विशेष धन्यवाद । आगामि दिनहरुमा पनि अग्रज दाईहरु र स्रोता दर्शक अनि पाठककोे सुझाव सल्लाह र सहयोगको अपेक्षा सहित विश्व रेडियो दिवसको सबैमा शुभकामना । 

लेखक:जयपृथ्वी एफ.एम नेटवर्क बझाङका कार्यकारी निर्देशक तथा कारोवार आर्थिक दैनिकका बझाङ सम्वादाता हुन ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जयपृथ्वी विशेष
झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

नागढुंगा चेकपोस्टबाट २.७ किलोमिटर मात्रैको दूरीमा रहेको झ्याप्ले खोलानजिक आइपुग्दा शुक्रबार राति धेरै यात्रुले राजधानी नै प्रवेश गरिसकेको सोचेका थिए। झ्याप्ले खोला कटेलगत्तै काठमाडौं सुरु हुन्छ।
देउडामा आमा भन्दा छोरी कडा

देउडामा आमा भन्दा छोरी कडा

सुदूरपश्चिम र कर्णाली क्षेत्रमा देउडा पारखीहरुकाबीच चर्चित नाम हो-राजकला धामी ।  सुदूरपश्चिम प्रदेशमा त झन् जहाँ ठूलो देउडा खेल (प्रत्यक्ष सवाल जवाफ हुने प्रतियोगिता) हुन्छ, त्यहाँ राजकला धामीको...
'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

बुंगल नगरपालिकाका अपांगता भएका व्यक्तिले स्थानीय सरकारले आफूहरुको वेवास्ता गरेको गुनासो गरेका छन् ।  
विदेश उडेको एक महिना नपुग्दै सपना चक्नाचुर

विदेश उडेको एक महिना नपुग्दै सपना चक्नाचुर

‘दाइ म यहाँ ठीक छु। काम भइरहेको छ। त्यहाँ भूकम्पको त्रास कस्तो छ ? हाम्रो घरमा कति क्षति भयो ? आमाबुबा भाइको विचार गर्नुहोला।’
भर्खरै