नेभिगेशन
सुदूरपश्चिम

विपत्ति र विकासमा राइजिङ अफ लामातोला, करिब ४ लाखका स्वास्थ्य सामाग्री स्थानीय तहलाई दियो

बझाङ : खप्तडछान्ना राइजिङ अफ लामातोलाले कोरोना महामारिलाई मध्य नजर गर्दै बझाङका १२ वटै स्थानीय तहका लागि भन्दै विभिन्न स्वास्थ्य सामाग्री जनस्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरेको छ । 

लामो समयदेखि विभिन्न सामाजिक कार्य र आपतकालिन् अवस्थामा खटिदै आएको राइजिङ अफ लामातोलाले संस्थामा आवद्ध तथा समाज सेवामा लागि परेका व्यक्तिहरुको सहयोगमा करिब ४ लाख बराबरका स्वास्थ्य सामाग्री जनस्वास्थ्य कार्यालय बझाङलाई हस्तान्तरण गरेको हो ।

संस्थाले पिपिइ सुइट २४० सेट, सर्जिकल ग्लोब्स(पन्जा) १२ जोडी, इग्जामिनेसन ग्लोब्स १२ जोडी, थर्मलगन २४ थान, पल्स अक्सिमिटर, सर्जिकल मास्क २४ थान, एन नाइन्टीफाइभ मास्क २४ थान र ५ लिटरका १२ थान स्यानिटाइजरहरु गरि जम्मा ३ लाख ९३ हजार ५ सय ९८ मूल्य बराबरका स्वास्थ्य सामाग्री बिहीबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको हो । 

स्वास्थ्य कार्यालय परिसरमा आयोजित सामाग्री हस्तान्तरण कार्यक्रममा राइजिङ अफ लामातोलाको तर्फबाट अध्यक्ष दिनेश थापाको नेतृत्वमा सचिव अर्जुन गिरी, सल्लाहकार ढुण्डीराज थापा, स्थानीय मीनबहादुर खड्का, बिजय थापा लगायतले सामाग्री हस्तारण गर्नुभएको थियो । हस्तान्तारण गरिएको सामाग्री जनस्वास्थ्य कार्यालयले सबै स्थानीय तहलाई समान तरिकाले वितरण गर्ने जनाएको छ ।   

कोरोना महामारिबाट प्रताडित बनेको बझाङका लागि विश्वभरिका बझाङगी एक जुट हाैं, काेभिड १९ बाट बझाङ बचाउँ भन्ने मूल नाराका साथ विश्वभरि छरिएका बझाङबासी तथा नेपालीहरुको आर्थिक सहयोगमा सामाग्री खरिद गरि जनस्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिएको राइजिङ अफ लामातोलाका सचिव अर्जुन गिरीले बताउनुभयो । 

आर्थिक संकलनका लागि अमेरिकाबाट विष्णुप्रसाद जोशी र जापानबाट रमेश थापाले सघाउनुभएको थियो । जोशीले गोफण्ड मार्फत अमेरिकामा बसेर ३ लाख ५ हजार ४ सय ४४ रुपैंयाँ संकलन गरेर राइजिङ अफ लामातोलालाई पठाउनुभएको थियो भने जापानबाट रमेश थापाले जापानबाट २ लाख २३ हजार १ सय २३ पठाउनुभएको थियो । यसै गरि राइजिङ अफ लामातोलाई अन्य देशमा रहनुभएका नेपालीबाट पनि सहयोग प्राप्त भएको र उक्त रकम फेरि विपत्तिमा सदुपयोग गर्ने राइजिङ् अफ लामातोलाका सचिव अर्जुन गिरीले बताउनुभयो । 

खप्तडछान्ना गाउँपालिकामा २ मा स्थापना भएको खप्तडछान्ना राइजिङ अफ लामातोला संस्थाले बाढी पहिरो, महामारीमा खटेर समाज सेवा गर्दै र विभिन्न नयाँ उद्ममीलाई प्रोत्साहन गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै