नेभिगेशन
सुदूरपश्चिम

बझाङमा एक महिलाले खोलामा हामफालेर बेपत्ता भइन्

बझाङ : बझाङको यार्सा संकलन क्षेत्र साईपालको बेस क्याम्पमा पर्ने औलागाड भन्ने ठाउँमा खोलामा हाम फालेर एक महिला बेपत्ता भएकी छन् । 

बाजुरा जिल्ला घर भै हाल तलकोट गाउँपालिका ४ मा अस्थायी रुपमा बस्दै आएकी अन्दाजी २३ बर्षिया सुनसरी थापाले ४ गते शुक्रबारका दिन खोलामा हाम फालेको आफन्तले जानकारी दिएका छन् । साथै मौसम खराविका कारण आज मात्रै नेटवर्क आएकाले आफुहरुले खोजी गर्दा नभेटिएको र प्रहरी चौकीमा खबर गर्न समेत ढिलाई भएको बताए। 

वेपता थापाको खोजी कार्यका लागि लासि प्रहरी चौकी धुलीबाट प्रहरी टोली घटनास्थल तर्फ खटाईएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डियसपी रुपक खड्काले बताउनु भयो । थापा यार्सा संकलन गर्नको लागि साईपालको बेस क्याम्पमा गएकी र खोलामा केकति कारणले हाम फालेको हो भन्ने कारण नखुलेको तथा अन्य कुरा बुझ्न खोज्दा घटना स्थल तर्फ गएको प्रहरी टोली र थापाका आफ्न्त दुबैलाई फोन नलागेको  समेत डिएसपी खड्काले बताउनु भयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै