नेभिगेशन
सुदूरपश्चिम

भारतबाट घर फर्कंदै

दार्चुला : सुदूरपश्चिम प्रदेशभर नयाँ वर्षलाई बिसु पर्वका रूपमा मनाउन गाउँघरमा चहलपहल बढेको छ। चैतको सुरुआतदेखि बिसु मनाउन बाहिर रहेका आफन्त घर फर्कन थालेका छन्। 

बिसु पर्वका लागि घर जाने तथा आउनेहरूको भारतीय सीमानाका र बसपार्क क्षेत्रमा दिनहुँ भीड लाग्ने गरेको छ। बिसु पर्व दार्चुलाको मार्मा गर्खामा विशेष महत्त्वका साथ मनाउने गरिन्छ। बिसुमा मार्मा गर्खाको सिप्टी र घोल्जरमा भव्य रूपमा ठूलो जात्रा लाग्दै आएको सिप्टीका स्थानीय जगतसिंह ठगुन्नाले बताए। सिप्टीमा बिसुको अघिल्लो दिन दिउँसोबाट सुरु हुने जात्रा तीन दिनसम्म चल्छ।

‘सिप्टी र घोल्जरमा बिसुका लागि विभिन्न ठाउँबाट मानिस आइरहेका छन्। पूजापाठ गर्नेदेखि स्थानीय देउडा खेलका लागि यहाँ बिसुमा ठूलो भीड लाग्ने गर्छ’ सिप्टीका स्थानीय दीपक ठगुन्नाले भने, ‘बिसुका लागि घर आउनेहरूको भीड लागेको छ। पूजापाठ र आफन्तसँगको भेटघाटका लागि यो पर्व विशेष हुन्छ।’

स्थानीय मन्दिरमा पूजापाठ हुने समयमा भीडभाड नगर्न र भौतिक दूरी कायम राख्न स्थानीय प्रशासनले सूचना जारी गरे पनि ग्रामीण भेगहरूमा भीड लाग्ने गरेको छ। गत वर्ष पनि मार्मा गाउँपालिकाको घोल्जरमा कोरोना त्रासकै बीच जात्रा मनाइएको थियो। नयाँ वर्षको पहिलो दिन देवर भाउजू, नन्द भाउजू र साली भिनाजुले एकआपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ। देवर नहुने र नन्द नहुने, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु पर्वको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ। हरेक वर्ष बिसु पर्वमा मिठामिठा खानाका परिकार बनाउने र विशेषगरेर सिस्नु लगाउने प्रचलन छ। शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ।

रोजगारी खोज्दै भारत गएकाहरू बिसु मनाउन घर फर्किन थालेपछि गाउँघरमा चहलपहल बढेको छ। भारतका विभिन्न क्षेत्रबाट सदरमुकाम खलंगाको नाका भएर मात्रै दैनिक सयौंको संख्यामा नेपाली कामदारहरू घर फर्किरहेका छन्। खलंगासँगै जिल्लाका अन्य नाकाबाट धेरैको संख्यामा बिसु मनाउन घर फर्किनेको लर्को लागेको छ। बिसु पर्वलाई धुमधामका साथ मनाइने भएको कारण परदेशबाट घर आएको नौगाड गाउँपालिका–४ का स्थानीय रतनसिंह धामीले बताए। ‘गत वर्ष कोरोनाका कारण नाका बन्द हुँदा घर फर्कन पाइएन्’ उनले भने, ‘परिवारसंँग बिसु मनाउन घर आउन पाइयो, तर यो वर्ष पनि कोरोनाले पहिलेजस्तो रमाइलो गर्न नपाइनेजस्तो छ।’

यो वर्ष कोरोनाका कारण बिसु पर्व खल्लो हुने चिन्तामा स्थानीय छन्। भारतका विभिन्न सहरमा काम गरेर फर्किएकाहरू बिसु पर्व हुने नहुनेमा चिन्ता व्यक्त गर्छन्। वर्षभरि काम गरेर घर परिवारमा रमाइलो गर्न आएका उनीहरूको अनुहारमा खुसी भए पनि कोरोनाको दोस्रो लहर सुरु भएकाले चिन्ता थपिदिएको हो। ‘गत वर्ष यस्तै भयो, अहिले पनि कोरोना भन्दै गाउँ फर्किन डराउने गरेका छन’ भारतबाट फकिएका एक कामदारले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै