नेभिगेशन
सुदूरपश्चिम

जोखिममा बिजगडा बजार, कालंगाले बसपार्कसहित पानी घट्ट र बंगुर फर्म बगायो

बझाङ : लगातारको वर्षाका कारण कालंगा नदीमा पानीको बहाव बढेको छ ।   शनिबार नदीको बहाब बढेपछि बुङ्गल नगरपालिका -४ बिजगडास्थित कालंगा नदीको किनारमा रहेको बसपार्कसहित एक पानी घट्ट र एक बंगुर फर्म बगेको छ। 

लगातरको अविरल वर्षाले कालंगा नदीमा  पानीको बहाव बढेपछि बुंगल नगरपालिकाको बिजगडा बजार, बिजगडा पुल र बिराबगडमा रहेको पक्की भवन उच्च जोखिममा रहेका छन् ।  कलंगा नदीमा पानीको बहाव बढेपछि इलाका प्रहरी कार्यालय बुङ्गलले बाढी खतराको संकेत नजिक पुगेकाले सावधानी अपनाउन आग्रह गरेको छ । नदी किनारामा कटान सुरु गरेपछि बिजगडा बजारमा जोखिम बढ्न सक्ने भएपछि बिजगडा बजारका स्थानीय व्यापारी त्रसित बनेका छन् । 

केही व्यापारी पसलमा रहेको सामान अन्त सार्न तर्फ लागेका छन् । नदीमा बाढी आएकाले बिजगडा बजार मात्रै नभएर बुंगल नगरपालिकाका ५१ स्थान जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले बताए । केही दिन अगाडी कालंगाले बुंगल नगरपालिका १ र २ वडा जोड्ने सडक बगाउँदा यातायात ठप्प छ ।

उनका अनुसार जिल्लाका जयपृथ्वी नगरपालिका, छबिसपाथिभेरा गाउँपालिका, थलारा गाउँपालिका, दुर्गाथली गाउँपालिका र केदारस्युँ गाउँपालिकाका नदी किनाराका बस्तीलाई सतर्क रहन अनुरोध गरिएको छ । यस समयमा दाउरा काठ उतार्ने, माछा मार्ने जस्ता कार्य पनि नगर्न प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै