नेभिगेशन
सुदूरपश्चिम

सेती नदी लगायतका खोलामा पानी बहाब खतराको तह पार गर्दै

बझाङ : चारदिनदेखि निरन्तर परिरहेको पानीले बझाङ पनि बाढी पहिरोको उच्च परेको छ । मनसुन भित्रिएसँगै बझाङमा पनि अविरल वर्षा भइरहेका कारण सेती नदी, बाहुली खोला र कालंगा नदी लगायतका खोलामा पानीको बहाव बढेको छ । खोला नालामा पानीको बहाव बढ्दा र ग्रामीण क्षेत्रमा जथाभावी विस्तार गरिएका सडकका कारण जिल्लाका धेरैजसो स्थान बाढी पहिरोको जोखिममा परेका छन् । जिल्ला प्रशासन कार्यालय बझाङले सेती नदी लगायतका नदी खोलामा पानीको बहाब खतराको संकेत नजिक पुगेकाले सावधानी अपनाउन आग्रह गरेको छ । प्रशासनले नदीको बहाब बढेकाले काठ उतार्न, माछा मार्न र पानीसँग खेल्न नदी खोला नजिक नजान आग्रह गरेको छ । 

प्रशासनले नदी, खोला नजिक गएर दाउरा, बालुवा, गिट्टी, संकलन नगर्न र नदी खोलामा नुहाउन, माछा मार्न तथा जरुरी काम बाहेक एक्लै हिड्ने जस्ता सम्भावित विपद्सँग सम्बन्धित कुनै पनि काम कारबाही नगर्न भनेको हो ।

बझाङमा जयपृथ्वी नगरपालिकाका १ सय १६ स्थान, बुंगल नगरपालिकाका ५१ स्थान, साइपाल गाउँपालिकाका ११ स्थान, तल्कोट गाउँपालिकाका २५ स्थान, मष्टा गाउँपालिकाका ५१ स्थान, सुर्मा गाउँपालिकाका १३ स्थान, छविसपाथिभेरा गाउँपालिकाका २२ स्थान, दुर्गाथलि गाउँपालिकाका १३ स्थान, खप्तडछान्ना गाउँपालिकाका २० स्थान, थलारा गाउँपालिकाका १० स्थान, केदारस्युँ गाउँपालिकाका ३४ स्थान, वित्थडचिर गाउँपालिकाका २९ स्थान गरी जिल्ला भर ३ सय ९५ स्थान जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिको तथ्यांङकमा उल्लेख गरिएको छ ।
 

प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जोखिमका विषयमा जिल्ला प्रशासन कार्यालयले विभिन्न सरोकारवाला निकायहरूसँग नियमित समन्वय तथा प्रत्यक्ष सम्पर्क भइरहेको बताए । उनले जिल्लामा केही समस्या देखिएमा तत्काल प्रशासन कार्यालयमा जानकारी गराउन आग्रह गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...