नेभिगेशन
सुदूरपश्चिम

राष्ट्रपति र प्रधानमन्त्रीले चालेको कदम विरुद्ध बझाङमा विरोध प्रदर्शन

बझाङ : नेपाली काँग्रेसको भातृ संगठन नेपाल विध्यार्थी संघ बझाङले प्रतिनिधिसभा विघटन गर्नु प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक, अलोकतान्त्रिक र निरंकुशताको कदम भएको भन्दै विरोध प्रदर्शन गरेको छ ।  आइतबार साँझ जिल्ला सदरमुकाम चैनपुरको लोकतान्त्रिक चोकमा भेला भइ राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको हत्या भएको भन्दै विरोध प्रदर्शन गरेका छन् । प्रतिनिधिसभा विघटन गर्नु र नागरिकता विधेयक ल्याउनु अवैधानिक, अलोकतान्त्रिक र निरंकुशता भएको भन्दै विरोधमा उत्रिनु परेको नेविसंघका जिल्ला सभापति दिपक भण्डारीले बताए ।  

उनले भने, 'प्रधानमन्त्रीको संसद विघटनको कदमविरुद्ध न्यायिक र राजनीतिक लडाइँलाई सशक्त बनाउने पार्टीको केन्द्रीय सर्कुलर अनुसार विरोधमा उत्रिएका हौँ । प्रधानमन्त्री ओलीले संसद् विघटनमार्फत देशमा संवैधानिक संकट निम्त्याउन खोजेका छन् ।'
 
नागरिकतासम्बन्धी विधेयक संसदमा विचाराधिन अवस्थामा भएको बेला राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेर संविधानको ठाडो उलंघन गरेको नेवि संघको आरोप छ । विरोध प्रदर्शनमा नेवि संघले ‘केपी तिम्रो पाराले दुख पायो साराले‘, ‘नालायक केपी ओली मुर्दावाद’ ‘गणतन्त्र विरोधी हर्कत बन्द गरं’, ‘संसद विघटन खारेज गरौं’, ‘तानाशाह मुर्दावाद’, जस्ता नारा लगाईएको छ । प्रदर्शन सुरु भएको केहीबेर मै प्रहरीले भीडलाई तितरवितर पारेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै