नेभिगेशन
सुदूरपश्चिम

हिम पहिरोमा परि दार्चुलामा एक जना बेपत्ता

दार्चुला : दार्चुलाको अपी हिमाल गाउँपालिकामा एक जना यार्सागुम्बा संकलक हिम पहिरोमा परि वेपत्ता भएका छन् । अपी हिमाल गाउँपालिका ४ नौपाटा घर भएका मोहनसिंह ठेकरे बेपत्ता भएका हुन् । गत जेठ ५ गते अपी हिमाल गाउँपालिका ३ क्षतिको नाउरखाल वनमा यार्सागुम्बा संकलन गर्न गएका ठेकरे हिउँ पहिरोमा परि बेपत्ता भएका हुन् ।

हिउँ पहिरोमा परि वेपत्ता भएका ठेकरेको छाता मात्र भेटिएको छ ।  स्थानीय र प्रहरी खोजीमा खटिए पनि ठेकरे अझैं नभेटिएको अपी हिमाल गाउँपालिका ४ का वडा अध्यक्ष रविन्द्रसिह बोहराले बताए ।

अहिले दार्चुलामा अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यार्सागुम्बा संकलनको लागि संकलन अनुमति नदिए पनि संकलकहरु यार्सा संकलनका लागि लेकमा भरिएका छन् । कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोनाको संक्रमण बढेको कारण यो वर्ष तत्काल यार्सागुम्बा संकलन अनुमति नदिन आग्रह गरेको थियो ।

सोही अनुसार अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले संकलन अनुमति रोकेको थियो । तर अहिले दार्चुलाको व्यास, अपी हिमाल गाउँपालिकाका यार्सागुम्बा पाइने पाटनहरुमा संकलकहरु गएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै