नेभिगेशन
सुदूरपश्चिम

जनताका लागी काम गर्दा बदनाम गर्न खोजियोः सांसद बिक

बझाङ । प्रतिनिधी सभा सदस्य माननिय आशा विकले आफुमाथी सामाजिक संञ्जालमा गरिएको आलोचनाप्रति आपत्ती जनाउनु भएको छ । विकले आइतबार मात्र काठमाडौंबाट बझाङका लागी ७ वटा अक्सिजन सिलिण्डर र अन्य स्वास्थ्य सामाग्री पठाउनु भएको थियो । चिन सरकारले अनुदानमा दिएका चार सय सिलिण्डर मध्ये किको पहलमा उक्त सिलिण्डर बझाङ पुगेका हुन् । 
काठमाडौंबाट बाहिरी जिल्लामा भरेको सिलिण्डर पठाउन नमिल्ने र धनगढी वा नेपालगञ्जमा भर्नु पर्ने भएपनि जिम्मेवार ब्यक्ति कोही नभएकाले खाली सिलिण्डर बझाङ पु¥याइएको सांसद विकले बताउनु भयो । “काठमाडौंबाट जिल्लाका लागी पठाउने सिलिण्डर धनगढी वा नेपालगञ्ज झार्नेबारेमा जिल्ला अस्पताल बझाङका डा. सन्दिप ओखेडासँग कुरा भएको थियो । उहाँले जिम्मेवार ब्यक्ति कोही नभएकाले सिधै बझाङ पठाउन र पछी जिल्ला बाटै ब्यबस्थापन गर्ने बताएपछी खाली सिलिण्डर बझाङ पठाएको हो ।” बिकले भनिन् “कोरोना महामारीले देशमा नागरिकको मृत्यु भइरहेको छ यो अवस्थामा सामाजिक संञ्जालमा गफ दिएर समाज सेवा हुदैन्, अहिलेको यो अवस्थामा बिरामीलाई सहयोग गरे पो समाज सेवा हुन्छ । गफ चुट्नुभन्दा नागरिकका अक्सिजनका लागी सहयोग गर्दा भयो नि ।”

‘काठमाडौंबाट जिल्ला अस्पताल बझाङ पु¥याएका सिलिन्डर खाली भेटिए’ भन्दै समाजमा भ्रम सिर्जना गर्न र ब्यक्तिगत इगो साध्नका लागी केही सिमित मान्छेले सामाजिक संञ्जालमा बद्नाम गर्न खोजिएको भन्दै यस्ता भ्रमसहितका सामाग्रीप्रति खेद प्रकट गर्नु भएको छ । बिकले भनिन् “देशभर कोरोना महामारीले आक्रान्त बनेका बेला समन्वय तथा सहयोगको खाँचो परेको वेला उल्टै मान्छेलाई बद्नाम गर्न खोजिएको छ । यो समाज र ब्यक्ति दुवैका लागी ठिक होइन ।”
यता जिल्ला अस्पताल बझाङका प्रमुख डा.सन्दीप ओखेडाले सांसद विक र आफुलबे सल्लाह गरेर नै खाली सिलिण्डर बझाङ झार्ने सहमती भएको बताउनु भएको छ । “सिलिण्डर बझाङ पुगेपछी जिल्ला अस्पतालको समन्वयमा अक्सिजन भर्नका लागी लैजाने सहमती भएको हो, माननिय ज्यूले पठाएका सिलिण्डर आजभोलि नै भर्नका लागी नेपालगञ्ज पठाउने तयारी भइरहेको छ ।” डा. ओखेडाले बताउनु भयो ।  

गएको आइतबार उहाँले स्वास्थ्य विभाग टेकुबाट ४० लिटर क्षमताका ७ थान सिलिण्डर, इन्फ्रारेड थर्मोमिटर १० थान, गाउन २०० थान, एन ९५ मास्क २०० थान, सर्जिकल मास्क २ हजार थान, पञ्जा १२ जोर, गमबुट १२ जोर, सेनिटाईजर २० लिटर, फेस सिल्ड १०० थान पठाउनु भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै