नेभिगेशन
सुदूरपश्चिम

बझाङमा सक्रिय संक्रमित संख्या ८ सय ५७ जना पुग्यो, चैनपुरमा सबैभन्दा बढी संक्रमित

बझाङ : बझाङमा सोमबार थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा ७३ जना र एन्टिजेन परिक्षण गर्दा ८ जनामा गरि ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो सँगै जिल्लामा कोरोनाको दोस्रो लहरपछि मात्रै संक्रमित हुनेहरुको संख्या ९ सय ६४ पुगेको छ । 

सोमबार जिल्ला अस्पतालका १ जना, सुर्मा गाउँपालिकाका २ जना, जयपृथ्वी नगरपालिकाका ४१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । जयपृथ्वी नगरपालिकामा देखिएका मध्यै प्राय: सदरमुकाम चैनपुरका रहेका जिल्ला अस्पतालको कोरोना प्रयोगशालाले जनाएको छ। हाल चैनपुरमा धेरै संक्रमित रहे पनि कोरोना चेकजाँच गर्न नजाने गरेको देखिएको छ ।जयपृथ्वी नगरपालिकाभित्र मात्र ३ सय २७ जनाको कोरोना संक्रमण भएको छ भने २० जना कोरोना संक्रमण मुक्त भएका छन् । अहिले नगरपालिकामा ३ सय ३ जना सक्रिय संक्रमित रहेका छन् । ४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । यस्तै छबिसपाथिभेरा गाउँपालिकाका १ जना, खप्तड छान्ना गाउँपालिकाका १३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै केदारस्युँ गाउँपालिकाका १ जना, बुङ्गल नगरपालिकाका १२ जना र विथ्थडचिर गाउँपालिकाका १० जनामा कोरोना संक्रमण देखिएको छ । 

यसैबीच जिल्लामा थप २१ जनाले कोरोना जितेसँगै कोरोनाबाट मुक्त हुनेको संख्या ९३ पुगेको छ । अब जिल्लामा ८ सय ५७ जना सक्रिय संक्रमित रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै