नेभिगेशन
सुदूरपश्चिम

प्रतिनिधिसभा सदस्य विकले पठाइन् बझाङका लागि स्वास्थ्य सामाग्री

बझाङ : प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले शुक्रबार बझाङका लागि विभिन्न स्वास्थ्य सामाग्री पठाउनुभएको छ । कोरोना संक्रमणले भयावह रुप लिन थालेपछि उहाँले स्वास्थ्य विभागबाट स्वास्थ्य सामाग्री संकलन गरेर शुक्रबार बझाङका लागि पठाउनुभएको हो । 

उहाँले स्वास्थ्य विभाग टेकुबाट ४० लिटर क्षमताका ७ थान सिलिण्डर, इन्फ्रारेड थर्मोमिटर १० थान, गाउन २०० थान, एन ९५ मास्क २०० थान, सर्जिकल मास्क २ हजार थान, पञ्जा १२ जोर, गमबुट १२ जोर, सेनिटाईजर २० लिटर, फेस सिल्ड १०० थान पठाएको बताउनुभयो । यसअघि नै स्वास्थ्य सामाग्री पठाउन आफूले प्रयास गरे पनि निषेधाज्ञाले गर्दा पठाउन समस्या भएको उहाँको भनाइ छ । 

शुक्रबार काठमाडाैंबाट पठाइएका स्वास्थ्य सामाग्री आइतबार बझाङ पुग्नेछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै