नेभिगेशन
सुदूरपश्चिम

फेरि देखियो साइपालका तीन जनामा कोरोना संक्रमण

बझाङ : साइपाल गाउँपालिकामा तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको एन्टिजेन्ट परिक्षणका क्रममा साइपाल गाउँपालिका वडा नं. १ का क्रमश: २२, ३० र ३४ वर्षीय तीन जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको गाउँपालिकास्थित काँडा स्वास्थ्य चौकीका इन्चार्ज विरेन्द्र बोहराले बताउनुभयो । 

उनीहरुमा सामान्य स्वास्थ्य समस्या देखिएपछि शुक्रबार एन्टिजेन परिक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएको बोहराले बताउनुभयो । कोरोना देखिएका मध्ये एक जना साइपाल गाँउपालिकाले स्थापना गरेको हेल्थ डेस्कमा यार्सा संकलन गर्न जानेहरुको स्वास्थ्य परिक्षण गर्नका लागि खटिएका स्वास्थ्यकर्मि हुन् भने अन्य दुई जना त्यहाँका स्थानीय रहेका छन् । 

स्थानीय प्रदिप बोहराका अनुसार उनीहरुलाई गाउँपालिका भन्दा बाहिरबाट यार्सा संकलन गर्न जानेहरुबाट संक्रमण फैलिएको हुन सक्ने जनाइएको छ । संक्रमण देखिएका तीनै जना अहिले साइपाल गाँउपालिका वडा नं. १ र २ ले निर्माण गरेको क्वारेन्टाइनमा बसेको साइपाल गाउँपालिकाबाट स्थानीय प्रदिप बोहराले जानकारी दिनुभएको छ ।

गाउँपालिकाले समयमा नै व्य‍वस्थापन गर्न नसक्दा साइपाल गाउँपालिकामा समेत कोरोनाको जोखिम बढेको छ । जिल्ला कै दुर्गम गाँउपालिका भएका कारण कोभिडका विरामीहरुलाई समस्या हुने भन्दै स्थानीयहरुमा त्रास छाएको बोहराले बताउनुभयो ।

 स्थानीयले सुरुमा नै गाँउपालिकाभन्दा बाहिरकालाई भित्रन नदिन सुझाव दिएको भए पनि गाउँपालिकाले राजस्वको लोभले संकलकलाई अनुमति दिदा संक्रमण फैलने सम्भावना बढेको हो । यसअघि पनि साइपाल गाँउपालिको धुलीमा रहेको प्रहरी चौकीका कार्यालय सहयोगीमा पनि कोरोना पुष्टी भएको थियो । पहिलो लहरमा भने साइपालमा संक्रमित देखिएका थिएनन् । साइपाल गाउँपालिकामा कम जनसंख्या रहेको छ । त्यहाँका स्थानीय भेडाच्याङ्ग्राम पालन र जडीबुटी बेचविखन गरेर जीविकोपार्जन गर्ने र विदेश नजाने हुँदा संक्रमण फैलन खतरा कम रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै