नेभिगेशन
सुदूरपश्चिम

बझाङमा सक्रिय संक्रमितको संख्या ६ सय ४७ जना पुग्यो, ९ जनाले ज्यान गुमाए

बझाङ : बझाङमा कोरोना महामारीले भयावह रुप लिन थालेको छ । जिल्लामा कोरोना संक्रमणदर मृत्युदर दिनदिनै बढ्दै गए पनि स्वास्थ्य मापदण्ड भने फितलो भएको चिकित्सकहरु बताउँछन् । 

बुधबार बझाङमा सबैभन्दा बढी ८५ जनामा कारोना पुष्टि भएको छ जसमा पिसिआर विधिबाट ७७ जना र एन्टिजेनबाट ८ जना गरी ८५ जनामा कारोना पुष्टी भएको जिल्ला अस्पताल बझाङ्गले जनाएको छ ।  

योसँगै जिल्लामा संक्रमितको संख्या ६ सय ९४ जना पुगेका छन् जसमा जिल्लाभर ६ सय ४७ जना सक्रिय संक्रमित रहेको जिल्ला अस्पताल  बझाङ्गले जनाएको छ । 

बुधबार कोरोनालाई जितेर १ जना मात्रै घर फर्किएका छन् । दोस्रो लहर सुरु भएयता जिल्लाभर ३८ जना कोरोना जितेर घर फर्किएका छन् भने होम आइसोलेसनमा ५ सय ८७ जना रहेका छन् । यस्तै दोस्रो लहर सुरु भएयता मात्रै बझाङमा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।  

कारोना महामारीले जिल्लामा भयावह रुप लिएको भन्दै स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीले नआत्तिएर  सरक्षाका मापदण्डको पालना गर्नुपर्ने ,  पोषिला झोलिला खानेकुरा खानुपर्ने , तातोपानी, अदुवा हल्दी पानी खानुपर्ने र व्यायाममा बढी ध्यान अनुरोध गर्नुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै