नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिममा थप ७ जना कोरोना संक्रमितको मृत्यु

काठमाडाैं : पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

सेती अस्पतालमा उपचाररत कैलालीका २ , कञ्चनपुरका एक, बझाङका एक जनासहित थप ७ जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका–१ की ६० वर्षीया महिला, घोडाघोडी नगरपलिका–१ की ५७ वर्षीया महिला, गोदावरी नगरपालिका–२ का ३८ वर्षीय पुरुषको मृत्यु भएको हो। 

त्यस्तै कैलालीको लम्कीचुहा नगरपालिकाको वडा नम्बर ६ का ३४ वर्षीय वडा सदस्य जमान सिंह देउवाको शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको छ। 


यस्तै कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ३ की ७४ वर्षीया महिला, र पर्वत स्थायी घर भएकी पुनर्वास नगरपालिकाकै वडा नम्बर ७ माइती आएकी ७६ वर्षीया महिलाको पनि शुक्रबार मृत्यु भएको उनले बताए। 

उता बझाङ जिल्ला अस्पतालमा खप्तडछान्ना ५ का एक ३७ वर्षिय शिक्षकको मृत्यु भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै