नेभिगेशन
सुदूरपश्चिम

बझाङमा निषेधाज्ञा थपियो, अक्सिजन ग्यास मगाउनेदेखि डाक्टर नियुक्ति गर्ने डिसिसिएमसीको निर्णय

बझाङ : बझाङमा निषेधाज्ञा थप्नेदेखि अस्पताल व्यवस्थापन, आइसोलेसन निमार्ण व्यवस्थापन गर्नेसम्मका निर्णय डिसिसिएमसीले गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड-१९ व्यवस्थापन सञ्चालन केन्द्र (DCCMC) को बैठकले जेठ २ गतेसम्म निषेधाज्ञा लागू गर्ने, अक्सिजन ग्यास सिलिण्डर माग गर्ने, विशेषज्ञ डाक्टर नियुक्त गर्ने, जिल्ला अस्पताल बझाङमा थप आइसोलेसन बेड निर्माण गर्ने र प्रत्येक स्थानीय तहमा कम्तिमा २० बेडको आइसोलेसन यथासिघ्र निमार्ण गर्ने लगायतका निर्णय गरेको छ । 

जिल्लामा बाहिरबाट आउने क्रम र जथाभावी हिडडुल गर्ने क्रम नरोकिएको, संक्रमणदर बढ्दै गएको र मृतक‍दर पनि बढेको डिसिसिएमसीको निष्कर्ष छ । यसअघि बझाङमा बैशाख २० गते लागु गरिएको निषेधाज्ञा २६ गतेसम्म रहने जनाइएको थियो । 

निषेधाज्ञा यता बझाङमै ६ जनाको कोरोनाकै कारण ज्यान गइसकेको छ भने जिल्लामा बाहिरबाट आउनेहरु सोझै गाउँघरमा जाँदा कोरोना महामारीको जोखिम झनै बढेको छ । यस्तै स्थानीय तहले समयमै आइसोलेसन तयार नपार्दा यस्तो भयावह स्थिति आएको जिल्ला अस्पताल बझाङले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै