नेभिगेशन
सुदूरपश्चिम

आज सुदूरपश्चिममा थप ९ जना कोरोना संक्रमितले ज्यान गुमाए

धनगढी: सुदूरपश्चिम प्रदेशमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा कैलालीका ४ जना, कञ्चनपुरका १, डडेल्धुराका १, डोटीका १, बाजुराका १ र बैतडीका १ गरी ९ जनाको मृत्यु भएको हो। 

कैलालीको धनगढी उपमहानगरपालिका–२ का ७२ वर्षीय पुरुष, वडा नम्बर ८ का ५८ वर्षीय पुरुष, कैलालीको गौरीगंगा नगरपालिका १ का ३५ वर्षीय पुरुष र गोदावरी नगरपालिकाका ६७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज श्रेष्ठले बताएका छन्।  

यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का ३५ वर्षीय पुरुष, डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर ३ का ५३ वर्षीय पुरुषको मृत्यु भएको छ। उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। 

यस्तै जिल्ला अस्पताल डोटीको आइसोलेसन कक्षमा उपचाररत आदर्श गाउँपालिका–२ का ६२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय डोटीका कोभिड सम्पर्क व्यक्ति तेज बिक्रम शाहीले बताएका छन्।

यस्तै बैतडीको पाटन नगपालिकाका ४४ वर्षीय पुरुषको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।  त्यस्तै बाजुराको गौमूल गाउँपालिका–३ की ५५ वर्षीया महिलाको जिल्ला अस्पताल बाजुरामा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै