नेभिगेशन
समाचार

संघीय सरकारबाट बझाङका पालिकालाई ३ अर्ब ९६ करोड अनुदान, सबैभन्दा बढी बुंगल नगरपालिकाले पाउने

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सरकारले बझाङ जिल्लाका सबै १२ स्थानीय तहलाई ३ अर्ब ९६ करोड ४६ लाख रुपैयाँ बराबरको अनुदान विनियोजन गरेको छ। संघीय सरकारको बार्षिक बजेट मार्फत प्राप्त यो रकमले जिल्लाको विकास योजनाहरूलाई तिव्रता दिने अपेक्षा गरिएको छ।

विनियोजित अनुदानमध्ये सबैभन्दा बढी रकम बुंगल नगरपालिकाले प्राप्त गर्नेछ। बुंगललाई आगामी वर्षका लागि ५० करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यसैगरी, सबैभन्दा कम १७ करोड ४२ लाख रुपैयाँ साइपाल गाउँपालिकालाई छुट्याइएको छ, जुन भूगोलका हिसाबले दुर्गम तथा सेवा–सुविधाबाट वञ्चित क्षेत्र मानिन्छ।

जिल्लाका अन्य पालिकाहरूमा पनि आधारभूत पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा स्थानीय विकास योजनाहरू संचालन गर्न पर्याप्त बजेट विनियोजन गरिएको छ।

 पालिकागत रुपमा अनुदान विवरण यस्तो छः

पालिका अनुदान रकम (करोड रुपैयाँमा)

बुंगल नगरपालिका    ५० करोड ६० लाख
जयपृथ्वी नगरपालिका    ४२ करोड ५७ लाख
केदारस्युँ गाउँपालिका    ४३ करोड ४५ लाख
खप्तडछान्ना गाउँपालिका    ३१ करोड ८१ लाख
छविसपाथिभेरा गाउँपालिका    ३४ करोड ३४ लाख
तलकोट गाउँपालिका    २६ करोड ७ लाख
थलारा गाउँपालिका    ३४ करोड २४ लाख
दुर्गाथली गाउँपालिका    २७ करोड ३९ लाख
मष्टा गाउँपालिका    ३२ करोड ७४ लाख
बित्थडचिर गाउँपालिका    ३० करोड ४१ लाख
सुर्मा गाउँपालिका    २५ करोड ४२ लाख
साइपाल गाउँपालिका    १७ करोड ४२ लाख


बजेट वितरणको सन्दर्भमा स्थानीय तहमा जनसंख्या, भौगोलिक दुर्गमता, क्षेत्रफल, सेवा प्रवाहका आवश्यकता र विगतको खर्च क्षमतालाई समेत आधार मानेर रकम विनियोजन गरिएको जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाचार
बझाङमा लागूऔषध चरेशसहित एक जना पक्राउ

बझाङमा लागूऔषध चरेशसहित एक जना पक्राउ

बझाङको जयपृथ्वी नगरपालिकामा लागु औषध चरेशसहित एक जना पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले जयपृथ्वी नगरपालिका–९, चिउडीखानबाट लागुऔषध चरेशसहित शेरबहादुर बोहरालाई पक्राउ गरेको हो।
देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बनेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायु कमजोर रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा...
मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

थलारा गाउँपालिका वडा नम्बर–१ का वडाध्यक्ष रविन्द्र जोशीले सञ्चार, सडक र विद्युतजस्ता आधारभूत सेवा सुविधाहरू वडा अन्तर्गतका सबै टोलटोलमा पुर्या‍उने प्रतिबद्धता जनाउनु भएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका

जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका

जिल्ला प्रहरी कार्यालय बझाङमा एक वर्षको अवधिमा १११ वटा मुद्धा दर्ता भएका छन । गत आर्थिक वर्ष २०८१-०८२ को साउन देखि असार मसान्त सम्म विभिन्न घटनाका १११ वटा...
भर्खरै