नेभिगेशन
समाचार

बझाङमा इलेक्ट्रोनिक भुक्तानी प्रणालीबाट तलब दिने पहिलो स्थानीय तह बन्यो मष्टा

बझाङ – मष्टा गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरूको तलब भुक्तानी प्रक्रियामा सुधार ल्याउन आधुनिक इलेक्ट्रोनिक भुक्तानी प्रणाली (EFT) लागू गर्ने निर्णय गरेको छ। यो व्यवस्था गाउँपालिकाको आ.व. २०८१/८२ को नीति तथा कार्यक्रमअनुसार सञ्चालनमा ल्याइएको हो।

गाउँपालिकाका लेखापाल गगन गुर्धामीका अनुसार, "विद्युतिय भुक्तानी प्रणालीले शिक्षक तथा कर्मचारीहरूको समयको बचत गर्नुका साथै भुक्तानी प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्नेछ। यसले आर्थिक कारोबारमा हुने सम्भावित त्रुटिहरूलाई न्यूनीकरण गर्न मद्दत गर्नेछ। " लेखापाल गुर्माधीका अनुसार इलेक्ट्रोनिक भुक्तानी प्रणाली लागू गर्ने मष्टा गाउँपालिका बझाङमा पहिलो हो भने सुदूरपश्चिमको चौथौं पालिका हो । 

यस निर्णयका बारेमा मष्टा गाउँपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार खड्काले भने, "यो निर्णयले न केवल शिक्षक-कर्मचारीहरूको सुविधामा सुधार ल्याउनेछ, बरु विद्यालय प्रशासन र आर्थिक व्यवस्थापनमा पनि सन्तुलन कायम गर्न मद्दत गर्नेछ। हाम्रो उद्देश्य शिक्षाको गुणस्तर वृद्धि गर्नु र विद्यालयको कामकाजलाई सहज बनाउनु हो।"

गाउँपालिकाले शिक्षक तथा कर्मचारीहरूको मासिक तलब र भत्ता उनीहरूको व्यक्तिगत बैंक खातामा सिधै पठाउने व्यवस्था गरेको छ। यसले आर्थिक प्रणालीलाई थप व्यवस्थित र डिजिटल युगसँग जोड्ने अपेक्षा गरिएको छ।

शिक्षा क्षेत्रमा सुधार र प्रभावकारी व्यवस्थापनको यो कदमले मष्टा गाउँपालिकाका शिक्षक-कर्मचारीबीच सकारात्मक प्रतिक्रिया ल्याउने विश्वास गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाचार
बझाङमा लागूऔषध चरेशसहित एक जना पक्राउ

बझाङमा लागूऔषध चरेशसहित एक जना पक्राउ

बझाङको जयपृथ्वी नगरपालिकामा लागु औषध चरेशसहित एक जना पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले जयपृथ्वी नगरपालिका–९, चिउडीखानबाट लागुऔषध चरेशसहित शेरबहादुर बोहरालाई पक्राउ गरेको हो।
देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बनेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायु कमजोर रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा...
मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

थलारा गाउँपालिका वडा नम्बर–१ का वडाध्यक्ष रविन्द्र जोशीले सञ्चार, सडक र विद्युतजस्ता आधारभूत सेवा सुविधाहरू वडा अन्तर्गतका सबै टोलटोलमा पुर्या‍उने प्रतिबद्धता जनाउनु भएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका

जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका

जिल्ला प्रहरी कार्यालय बझाङमा एक वर्षको अवधिमा १११ वटा मुद्धा दर्ता भएका छन । गत आर्थिक वर्ष २०८१-०८२ को साउन देखि असार मसान्त सम्म विभिन्न घटनाका १११ वटा...
भर्खरै