नेभिगेशन
सुदूरपश्चिम

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्। तर, बालविवाह गरेका जोडीहरू भविष्यमा गम्भीर समस्यामा फस्ने गरेका छन्। पारिवारिक तनाव, बेरोजगारी, अशिक्षा, सम्बन्ध विच्छेद, मानसिक तनाव र आत्महत्यासम्मका घटनाले बालविवाहको भयावह स्थिति देखाएको छ।  

जयपृथ्वी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष डम्बरबहादुर सिंहका अनुसार कानुनी रूपमा बालविवाह रोक्ने प्रयास भइरहे पनि व्यवहारमा किशोरकिशोरीलाई अलग राख्न कठिन भएको छ। उहाँले प्रहरीमा उजुरी परेपछि छुट्टाएर पठाउने, तर पछि उनीहरू पुनः भागेर भारततिर जाने घटना बारम्बार दोहोरिरहेका छन् । 

जयपृथ्वी एफएम नेटवर्कबाट प्रसारण हुने बाल अधिकारसम्बन्धी रेडियो कार्यक्रम ‘बाल कचहरी’ को रेकर्डिङका क्रममा अभिभावक तथा जनप्रतिनिधिहरूले बालविवाह पछि सम्बन्ध विच्छेद गराउनु चुनौतीपूर्ण हुने बताएका छन्। उनीहरूका अनुसार बालविवाह गरेका किशोरकिशोरीहरू उमेर कम भएकै कारण विवाहको वास्तविक जिम्मेवारी थेग्न नसकेर समस्यामा पर्छन्।

 केदारस्युँ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष बीरबहादुर खातीले बालविवाहले बालबालिको पढाइ छोड्नुपर्ने भएकाले भविष्यमा अवसर गुम्ने, बेरोजगारीको समस्या बढ्दै जाने, मानसिक तनाव र आत्महत्याको जोखिम, घरपरिवारमा तनाव, झगडा र सामाजिक बहिष्कारको डर हुने,जीवन निर्वाह गर्न भारत पलायन गर्ने जोखिम बढिरहेको बताउनुभयो । 

यस्तै कार्यक्रममा बोल्नुहुँदै वर्ल्डभिजन इन्टरनेशनलका जिल्ला संयोजक मेनका मल्ल बालबालिकामा डिजिटल शिक्षाको सही प्रयोग गराउनुपर्ने, विद्यालय तथा स्थानीय तहबाट अभिभावक सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने, किशोरकिशोरीलाई आत्मनिर्भर बनाउने सीपमूलक कार्यक्रमहरू ल्याइनुपर्ने,समाज र राज्यले मिलेर बालविवाह निरुत्साहित गर्न प्रभावकारी नीति अपनाउनुपर्ने बताउनुभयो । बालविवाह क्षणिक खुशी वा बाध्यता जस्तो लागे पनि यसले दीर्घकालीन रूपमा किशोरकिशोरीको जीवनमा नकारात्मक असर पार्छ भन्नेमा सबैले सजक हुनुपर्ने सरोकारवालाहरुको भनाई छ ।

समाज, परिवार, विद्यालय र कानुनी निकाय सबैले मिलेर बालविवाह रोक्न विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेका बाल क्लब र किशोरी सञ्जालका किशोर किशोरीहरुको भनाई छ । वडा कार्यालय दण्डित गर्दा बालबिबाह न्युनिकरण हुने उनीहरुको बुझाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै