नेभिगेशन
सुदूरपश्चिम

थान शिव मन्दिरको निर्माण कार्य सुरु, युवा अभियन्ता जनक ठगुन्नाको नेतृत्वमा चन्दा संकलन

छबिसपाथिभेरा –  पुस्तौंदेखि जीर्ण अवस्थामा रहेको छबिसपाथिभेरा गाउँपालिका-५ स्थित लामन हिमालको तल रहेको थान शिव मन्दिरको पुनर्निर्माण कार्य सुरु भएको छ। स्थानीय युवाहरूको सक्रियतामा चन्दा संकलन गर्दै मन्दिर निर्माण कार्यको औपचारिक उद्घाटन गरिएको हो ।

यस ऐतिहासिक धार्मिक स्थललाई स्थानीय बासिन्दाले साक्षात भगवानको रूपमा मान्दै आएका छन्। जनविश्वास अनुसार, यहाँ साँचो मनले गरिएको मनोकामना पूरा हुने मान्यता रहिआएको छ। यही धार्मिक तथा सांस्कृतिक आस्थालाई पुनर्जागृत गर्दै युवा अभियन्ता जनक ठगुन्नाको नेतृत्वमा पुनर्निर्माण अभियान सुरु गरिएको हो।

मन्दिर पुनर्निर्माणसँगै आगामी वर्षहरूमा यहाँ शिवरात्रि मेला स्थायी रूपमा आयोजना गर्ने योजना बनाइएको छ। साथै, यस स्थानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसमेत राखिएको छ। धार्मिक र प्राकृतिक सौन्दर्यको संगम रहेको यो ठाउँ धार्मिक पर्यटकका लागि महत्वपूर्ण गन्तव्य बन्न सक्ने स्थानीयहरूको विश्वास छ।

मन्दिर निर्माण कार्यमा स्थानीय समुदाय, प्रवासी नेपाली तथा भक्तजनहरूको उल्लेखनीय सहयोग प्राप्त भइरहेको छ। यो अभियान सफलतापूर्वक सम्पन्न भएमा धार्मिक तथा सांस्कृतिक रूपमा मात्र नभई आर्थिक र पर्यटकीय हिसाबले पनि गाउँपालिकाको समग्र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै