नेभिगेशन
सुदूरपश्चिम

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ । खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन र महिला सशक्तीकरण परियोजनाअन्तर्गत आयोजित कार्यक्रममा स्थानीय दुर्गा भवानी कृषक समूहका सदस्यहरूको सक्रिय सहभागिता थियो।

कार्यक्रममा साहारा नेपाल बझाङका कर्मचारीहरूको उपस्थितिमा पकेट क्षेत्रको लागि आवश्यक बीउ, बिउबिजन र कृषि सामग्री वितरण गरियो । साथै, लसुन खेतीको प्रविधिसम्बन्धी विषयमा छलफल गर्दै कृषकहरूलाई जानकारी गराइएको छ।

यस प्रयासले कृषि उत्पादन बढाउने र स्थानीय कृषकहरूको आर्थिक स्थिति सुधार गर्न सहयोग पुग्ने विश्वास लिइएको छ  । यसअघि साहारा नेपालले मष्टा वडा नं. ६ रिलुमा स्थानिय नाउँली कृषक समुहका सदस्यहरुको सक्रिय सहभागितामा प्याज पकेट क्षेत्र स्थापना गरेको थियो भने विभिन्न वडामा मौरी घार वितरण, मह उत्पादन सम्बन्धी तालिम, सिन्की, गुन्द्रुक र आलु चिप्स बनाउने सम्बन्धि तालिमका साथै मेसिन वितरण र सुधारिएको चुलो वितरण गरेको थियो ।

वडा वडामा यस्ता कृषि क्षेत्रमा टेवा पुर्याउने काम गरेको भन्दै स्थानीय कृषक खुशी भएका छन् । यसले स्थानीय कृषिकलाई कृषि पेशा थप आकर्षित भइ आत्मनिर्भर हुन प्रेरित गर्ने शाहारा नेपालको आशा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै