नेभिगेशन
सुदूरपश्चिम

बझाङमा नाबालिकाको हत्या आरोपमा एक व्यक्ति पक्राउ

बझाङको सुर्मा गाउँपालिका वडा नम्बर -१ नाउलीका ३२ वर्षीय प्रेमबहादुर बोहरालाई नाबालिका हत्या आरोपमा पक्राउ गरिएको छ। उनलाई उनकी श्रीमती मन्कली साउँदले दिएको उजुरीका आधारमा नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर जोशीका अनुसार सोमबार अदालतबाट अनुमति लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ।

प्रहरीले दिएको जानकारीअनुसार, २०८१ मंसिर २ गते साँझ मदिरा सेवनपछि श्रीमती मन्कली साउँदसँग विवाद हुँदा बोहराले कुटपिट गरी १ वर्षीय सौतेली छोरी गिता साउँदको हत्या गरेको आरोप लागेको छ। मृतक बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने रिपोर्ट आउन बाँकी छ।

गत भदौ २२ गते अछामको मंगलसेन नगरपालिका वडा नम्बर ३ बाट मन्कलीसँग भागी बिहे गरेका प्रेमले सौतेली छोरी भन्दै गिताको हत्या गरेको भनिएको छ। प्रेम मन्कलीले अर्काकी छोरीसँगै ल्याएको भन्दै तनावमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटना आइतबार साँझ भएको भए पनि प्रहरीमा उजुरी भने सोमबार मात्र दर्ता भएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै