नेभिगेशन
सुदूरपश्चिम

दशैंको उल्लासमा गुमनाम खप्तडछान्ना

बझाङको दुर्गम पालिका, खप्तडछान्नामा दशैंको रौनक झल्किँदै थियो। गाउँलेहरू हर्षोल्लासका साथ पर्वको तयारीमा जुटिरहेका थिए। तर, गत असोज २३ गते बुधवार बेलुकी एक अज्ञात समूहले नेपाल टेलिकमको टावरमा तोडफोड गरेर गाउँको शान्त वातावरणमा हलचल मच्चाइदियो।

माझीगाउँको उचाइमा अवस्थित टेलिकम टावरमा जडान गरिएका उपकरण र ब्याट्रीहरू लुटपाट गरियो। टुजी र फोरजी सेवा दिने सम्पूर्ण मेसिनरी ध्वस्त बनाइएपछि गाउँ एकाएक सञ्चारविहीन बन्यो। फोन र इन्टरनेट सम्पर्क नहुँदा खप्तडछान्नाबासी दशैंको उमंगलाई बिर्सेर अँध्यारोमा हराउन पुगे।

१-1728891971.jpeg
खप्तडछान्ना वडा नं. ७ माडुकाट्नेको टावर पनि यस तोडफोडको असरबाट अछुतो रहेन। दुई टावरबीचको रेडियो लिङ्कले काम गर्न छोडेपछि माडुकाट्ने टावरको पहुँचका बासिन्दा पनि सम्पर्कविहीन बने।

घटनाको जानकारी पाएपछि नेपाल टेलिकम र प्रहरी टोलीले क्षतिको निरीक्षण गरी आवश्यक विवरण संकलन गरे। नेपाल टेलिकम शाखा कार्यालय बझाङका प्रमुख बमबहादुर सिंहले टावरमा भएको तोडफोडले सञ्चार सेवामा प्रभाव पारेको मात्रै नभइ सार्वजनिक सुरक्षा र सम्पत्तिमाथि पनि गम्भीर खतराको संकेत गरेको बताए।

यसअघि पनि बझाङका मष्टा, सुर्मा, र छबिसपाथिभेराका विभिन्न स्थानहरूमा यस्ता घटनाहरू भइसकेका थिए। गाउँमा बारम्बार घट्ने यी घटनाहरूले स्थानीयवासीहरूलाई समस्यामा पारिरहेको र टेलिकम कम्पनीलाई थप आर्थिक भार परिरहेको प्रमुख सिंहले उल्लेख गरे।

जिल्ला प्रहरी कार्यालयले तोडफोड गर्ने समूहको खोजीलाई तीव्रता दिएको छ। तर, टावर जंगलमा रहेको हुँदा घटनाको वास्तविकता पत्ता लगाउन कठिनाइ भइरहेको प्रहरी नायब उपरिक्षक युवराज भण्डारीले बताए।

खप्तडछान्नाका बासिन्दाहरू, दशैंको चहलपहल बिर्सेर फेरि सञ्चार सेवा फर्कने आशामा थिए, तर यस घटनाले उनीहरूको मनमा एक अनिश्चितताको बादल मडारिएको थियो। गाउँमा जस्तै, हरेक घरमा पनि सन्नाटा छाएको थियो, जसले दशैंको उल्लासलाई गुमनाम बनाइदियो।

२-1728892010.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै