नेभिगेशन
सुदूरपश्चिम

सुचारु भएको एक दिन नबित्दै जयपृथ्वी राजमार्ग पुन: अवरुद्ध

जयपृथ्वी राजमार्ग पुन: अवरुद्ध भएको छ । केही समय अगाडी सुख्खा पहिरो खसेकै ठाउँमा आज साँझ ६ बजे ढुङ्गासहितको पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको हो । आज राति भएकाले भोली बिहानैदेखि सडक सुचारु गर्न पहल थालिने जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

चारदिनसम्म ठप्प भएको जयपृथ्वी राजमार्ग बुधबार मात्रै सुचारु भएको थियो । सुचारु भएको एक दिनमै पुन: सडक अवरुद्ध हुँदा दशैंको मुखमा बझाङ भित्रिने सवारी साधन र यात्रुहरुबीच बाटोमै अलपत्र परेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै