नेभिगेशन
सुदूरपश्चिम

केदारस्युँ -०४ ले उचाल्यो प्रथम वडाध्यक्ष पुरुष भलिबल कपको उपाधि, सकियो बगडगाउँको रमझम

छबिसपाथिभेरा गाउँपालिका -१ बगडगाउँस्थित जनप्रिय माविस्थित प्रथम वडाध्यक्ष कप पुरुष भलिबल कप विविध सांस्कृतिक कार्यक्रम तथा कृषि मेला प्रदर्शनी -२०८१ बुधबार सम्पन्न भएको छ । मेलामा पुरुष भलिबलका साथै कृषिमेला र विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएका थिए । बुधबार सम्पन्न भएको भलिबलमा प्रथम केदारस्युँ गाउँपालिका वडा नम्बर ०४, द्धितिय छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ०१ आयोजक ए र तृतिय छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ०१ आयोजक बि भएको छ भने सात्वना स्थान ल्याउनेको विवरण प्राप्त हुन सकेको छैन। 

भलिबलमा प्रथम भएको केदारस्युँ गाउँपालिका वडा नम्बर ०४ ले १ लाख १ हजार ६ सुय २० रुपैँया, द्धितिय छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ आयोजक ए ले ५१ हजार ६ सय २० रुपैयाँ, तृतिय भएको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ०१ आयोजक बि ले २६ हजार ६ सय २० रुपैयाँ सहित सबै बिजयी टिमलाई मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

यस्तै भलबिलमा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट सेटर, ब्लकर, लिब्रो र कोचलाई पनि सम्मानित र पुरस्कृत गरिएको छ । केही दिन अगाडी सम्पन्न भएको कृषि मेला प्रदर्शनीमा पनि कृषि उपज बस्तुको राम्रो प्रदर्शन गर्ने कृषकलाई पुरस्कृत गरिएको छ ।   मेलालाई सफल बनाउन सहयोग गर्नुहुनेलाई वडाध्यक्ष करनजंगबहादुर सिंहले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै