नेभिगेशन
सुदूरपश्चिम

बझाङमा तोकिएको भाडादर कार्यान्वन नगरे फोन गर्न प्रशासनको आग्रह

बझाङ जिल्लाभर चल्ने छोटो दुरीका सवारीको भाडा नियन्त्रणमा आएको छ । जीप व्यवसायी तोकिएको मूल्यको ७ औँ गुणा बढी भाडा लिएको गुनासो आएपछि जिल्ला प्रशासनको नेतृत्वमा एक सातादेखि जिल्लाका विभिन्न पालिकामा अनुगमन तथा निर्देशन दिएपछि भाडादर पुरानै कायम भएको हो ।

जिल्लाको जयपृथ्वी र बुंगल नगरपालिका, मष्टा, तलकोट, केदारस्यूँ, वित्थडचिर, दुर्गाथली, छविसपाथिभेरा गाउँपालिकामा गरिएको अनुगमनमा बढी भाडा लिएका ८० भन्दा बढी जीप कारबाहीमा परेको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताउनुभयो । उहाँले व्यवसायीसहित सर्वपक्षीय बैठक बसेर तोकिएको भाडादरमा सातौँ गुणा बढी भाडा लिएका व्यवसायीलाई जरिवाना गरिएको बताउनुभयो ।

यात्रु बोक्नका लागि रातो प्लेट नम्बरका जीपहरू प्रयोग भएको पाइएपछि चाबी नै थुतेर कारबाही गरेको उहाँले बताउनुभयो । रातो प्लेट भएका जीपले यात्रु बोकेपछि कालो प्लेट भएका जीपलाई मर्का परेको भन्दै त्यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न लागि परेको उहाँले बताउनुभयो ।

जिल्लामा कच्ची सडकमा प्रति किलोमिटर २० रूपैयाँ र पक्कीमा ९ रूपैयाँ प्रतिकिलोमिटर भाडादर तोकिएको उहाँले बताउनुभयो । तोकिएको भाडादरभन्दा बढी कुनै जीप व्यवसायीले भाडा लिएमा सिधै प्रशासनमा फोन गरेर गाडी नम्बर टिपाउन सकिने उहाँले बताउनुभयो ।

जिल्ला सदरमुकाम चैनपुरबाट नजिकैको तमैल बजार पुग्नसम्म ९५ रूपैयाँ भाडादर तोकिदा पनि दुई सय लिएको पाइएपछि एक साताको बीचमा २५ भन्दा बढी सवारीलाई कडा कारबाही गरेको उहाँले बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी जोशीले तोकिएको भाडादर र रातो प्लेट नम्बर भएका जीपले यात्रु बोकेको जानकारी पाउनासाथ कडा कारबाही गर्न ट्राफिकलाई निर्देशन दिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै